HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

E-mail Print PDF
AddThis Social Bookmark Button

२९ नोभेम्वर २०१७, काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । लु २ ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, मृतकमध्ये चार पुरुष र दुई महिला छन्  । उनीहरू  कसैको पनि सनाखत हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले  घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडौं र अन्यलाई भरतपुरतर्फ पठाइएको जानकारी दिए ।

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ ।बस सडकबाट एक सय मिटर तल नदीमा पुगेको छ । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौंतर्फ पर्छ ।प्रहरीका अनुसार, काठमाडौंंबाट बिहान ५ः४० बजे हिँडेको बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो ।

बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News