HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस

E-mail Print PDF
AddThis Social Bookmark Button

५ डिसेम्वर २०१७,  आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।

दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News