HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार शीतकालीन ओलिम्पिक्समा रुसलाई भाग लिनबाट प्रतिबन्ध

शीतकालीन ओलिम्पिक्समा रुसलाई भाग लिनबाट प्रतिबन्ध

E-mail Print PDF
AddThis Social Bookmark Button

६ डिसेम्वर २०१७, अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले शीतकालीन ओलिम्पिक्समा रुसले भाग लिनबाट प्रतिबन्ध।

प्रतिबन्ध लगाएपछि रुसमा आक्रोशयुक्त प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । आइओसीको एउटा प्रतिवेदनले प्रतिबन्धित औषधीको प्रयोग नियन्त्रण सम्बन्धी प्रणालीलाई रुसले अभूतपूर्व र व्यवस्थित ढङ्गले मिचिरहेको देखाएको थियो।

रुसी ओलिम्पिक कमिटिले उक्त प्रतिबन्धविरुद्ध पुनरावेदन दिने बताएको छ।पूर्व खेलकुदमन्त्री समेत रहेका रुसी उपप्रधानमन्त्री भिटाली मुट्कोलाई आजीवन प्रतिबन्ध लगाइएको छ।

रुसी विदेशमन्त्रालयकी प्रवक्ताले विश्व युद्ध, सोभियत संघको विघटन र कैयौँ प्रतिबन्धबाट बाँचेर अघि बढेको रुसलाई अहिले पनि केही फरक नपर्ने आक्रोश व्यक्त बताएकी छन्। संसदका उपसभामुखले उक्त प्रतिबन्धलाई अपमान र बेइज्जतीको संज्ञा दिएका छन्।

रुसको सोचीमा सन् २०१४ मा भएको शीतकालीन ओलिम्पिक्सका क्रममा राज्यको संलग्नतामा ुडोपिङु भएको आरोपमाथि अनुसन्धान भएपछि यो निर्णय लिइएको बताइएको छ।आइओसीले भनेको छ, ूयो निर्णयले नराम्रो प्रवृत्तिप्रति एउटा रेखा कोरिदिएको छ।

यो निर्णयको रुसमा भर्त्सना गरिएको छ केही राजनीतिकर्मीले खेलबाट बाहिरिनुपर्ने बताएका छन्।तर केहीले भने स्वच्छ खेलाडीहरुले सहभागी हुन पाउने मौकाको स्वागत गरेका छन्।

रुसलाई दक्षिण कोरियामा हुने ओलिम्पिक्समा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको भएपनि आफूलाई स्वच्छ प्रमाणित गर्नसक्ने रुसी खेलाडीहरु भने ओलिम्पिक्स झण्डामुनि सहभागी बन्न अनुमति दिइएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यस अघि यस्तो अवस्था आइपर्दा देशलाई अपमान गरिएको भनेका थिए।यस अघि कहिल्यै पनि झेली गरेको र प्रतिबन्धित औषधीको प्रयोग गरेका कारण रुसले प्राप्त गरेको भनिएको अनुपातको फाइदा पाएका कुनै पनि देशलाई प्रतिबन्ध लगाइएको थिएन।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News