HongKongNepali.com, The Next Media

Saturday
Jul 21st
Home नेपाल तथा विश्व समाचार १६० सिटको निर्वाचन नतिजा सार्वजनिक

१६० सिटको निर्वाचन नतिजा सार्वजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ डिसेम्वर २०१७, मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २१, राजपा नेपालले ११, संघीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसैगरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

अब स्याङजाको क्षेत्र नं। १ र २, कैलालीको क्षेत्र नं। २, सर्लाही–४ र सुनसरी–३ गरी ५ क्षेत्रको नतिजा आउन बाँकी छ । यीमध्ये कैलाली २ र सुनसरी–३ मा मतगणना रोकिएको छ । निर्वाचन आयोगका अनुसार, अन्यमा अहिले मतगणना भइरहेको छ । यी क्षेत्रका नतिजा आउने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

 

 

Add your comment

Your name:
Subject:
Comment: