HongKongNepali.com, The Next Media

Tuesday
Apr 24th
Home नेपाल तथा विश्व समाचार राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी

राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी

E-mail Print PDF
AddThis Social Bookmark Button

२९ डिसेम्वर २०१७, राष्ट्रपति विद्या देवी भण्डारीले अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्।

लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि आज करिब ११ बजेतिर हस्ताक्षर गरे।राष्ट्रपतिले अध्यादेशमा दलहरुको सहमति कुरिरहनुभएको थियो। उक्त अध्यादेशलाई उहाँले आजै जारी गर्नुभएको छ।

 

राष्ट्रिय सभा गठनका लागि एकल संक्रमणीय वा बहुमतीय प्रणाली मान्ने भन्ने विवाद दलहरुबीच जारी रहँदा अध्यादेश राष्ट्रपति कार्यालयमा लामो समयदेखि अड्किएको थियो।उक्त अध्यादेश चुनाव अगावै माओवादीसहितको नेपाली कांग्रेस नेतृत्वको सरकारले राष्ट्रपतिलाई पठाएको थियो।

प्रदेश तथा प्रतिनिधि सभा चुनाव लगत्तै राष्ट्रिय सभा चुनावसम्बन्धी सरकारले पठाएको अध्यादेश जारी गर्न भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले दबाब दिँदै आएको थियो।

विपक्षी दल एमालेले भने एकल संक्रमणीय नभइ बहुमतीय प्रणाली अनुसार राष्ट्रिय सभा हुनुपर्ने भन्दै सरकारले प्रस्तुत गरेको अध्यादेशमा विरोध जनाउँदै आएको थियो।

अध्यादेशसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेको भोलिपल्ट राष्ट्रपतिले उक्त अध्यादेश जारी गरेकी हुन्।योसँगै अब राष्ट्रिय सभा चुनावका लागि बाटो खुलेको छ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News