HongKongNepali.com, The Next Media

Tuesday
May 22nd
Home नेपाल तथा विश्व समाचार राष्ट्रिय सभाको निर्वाचन आज हुँदै

राष्ट्रिय सभाको निर्वाचन आज हुँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

७ फेब्रुवरी २०१८, प्रतिनिधि र प्रदेश सभाको निर्वाचन भएको दुई महिनापछि संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको चुनाव आज हुँदैछ।

निर्वाचनका लागि व्यवस्थापकीय काम पूरा भइसकेको जनाएको निर्वाचन आयोगले परिणाम तीन दिनभित्रै नतिजा घोषणा गर्ने जनाएको छ।राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधि सभाको समानुपातिक परिणाम औपचारिक रूपमा टुङ्गो लाग्नेछ र संघीय संसद् पूर्ण भइ नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।

आयोगका अनुसार राष्ट्रिय सभाको निर्वाचनको मतदान आज बिहान १० बजे शुरू भइ दिउँसो ३ बजे सकिनेछ।५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचनबाट र तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।५६ स्थानमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।बाँकी ३२ स्थानका लागि विभिन्न दलका ५२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

राष्ट्रिय सभा निर्वाचनपछि पनि संघीय संसद्‍मा ३३ प्रतिशत महिला सहभागिता निश्चित बनाउन अपुग हुने बाँकी संख्या प्रतिनिधि सभाको समानुपातिक तर्फबाट क्षतिपूर्ति गर्ने संवैधानिक व्यवस्था भएकाले तल्लो सदनको अन्तिम परिणाम घोषणा हुन सकेको छैन।त्यसका कारण सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन।

दवाबमा परेको जस्तो देखिने आयोग राष्ट्रिय सभा निर्वाचनको नतिजा छिट्टै घोषणा गर्ने मनस्थितिमा देखिन्छ।आयोगका प्रवक्ता नवराज ढकालले भने, ूएकल संक्रमणीय मत प्रणालीमा गणना गर्न अभ्यस्त केन्द्रबाट नै विज्ञहरूको टोली परिचालन गरिएको छ। हामी ढिलोमा ३ दिन अर्थात् माघ २६ गतेभित्र वा त्यसभन्दा अगावै नतिजा निकाल्ने गरी काम गरिरहेका छौँ।ू

नयाँ संविधान अनुसार पहिलो पटक भएका तीन तहको निर्वाचनमा यो अन्तिम चुनावी प्रक्रिया हो।सबै तह गरी झण्डै ११ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा राष्ट्रिय सभाको निर्वाचन खर्च अन्यको दाँजोमा न्यून हुने बताइएको छ।

अन्य निर्वाचनको तुलनामा ज्यादै नै न्यून खर्च हुन्छ। कर्मचारी परिचालन र अन्य सामग्रीको दृष्टिकोणले पनि सरल हुन्छ। १५ करोड रूपैयाँभन्दा कम रकम खर्च हुने हाम्रो प्रारम्भिक अनुमान हो।

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरी २,०५६ जना मतदाता छन्।

तर प्रदेश नं। २ मा सबैजना निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ वटा प्रदेशका १६ सय ७७ जना सांसदले मतदान गर्नेछन्।

 

 

Add your comment

Your name:
Subject:
Comment: