HongKongNepali.com, The Next Media

Sunday
Aug 19th
Home नेपाल तथा विश्व समाचार प्रदेश संसदीय दलका नेता चयनमै दलहरू अल्मलिए

प्रदेश संसदीय दलका नेता चयनमै दलहरू अल्मलिए

E-mail Print PDF
AddThis Social Bookmark Button

८ फेब्रुवरी २०१८, प्रदेश संसदीय दलका नेता चयनमै दलहरू  अल्मलिएका छन्। प्रदेश सरकार गठन गर्न आवश्यक बहुमत पुगेको दलले दावी गरेपछि प्रदेश सरकार गठन प्रक्रिया थालिने व्यवस्था भए पनि प्रमुख दलहरूले संसदीय दलको नेता छान्न माघ महिनाको अन्त्यसम्म लाग्ने बताएका छन्।

६ वटा प्रदेशमा सरकार गठनको अवस्थामा रहेको वाम गठबन्धनमा मुख्यमन्त्रीका आकाङ्क्षी धेरै देखिएकाले त्यसलाई प्रक्रिया मार्फत टुङग्याउन खोज्दा ढिलाई भएको बताइएको छ।

प्रदेश नम्बर २ मा पनि तराई केन्द्रित दलहरुबीचको छलफल अधुरै रहेको ती दलका नेताहरूले बताएका छन्।

वाम गठबन्धनभित्र एमालेले ४ वटा प्रदेशमा र माओवादी केन्द्रले २ वटामा मुख्यमन्त्री पाउने सहमति भइसकेको छ। हालसम्म मुख्यमन्त्री चयनको पहिलो प्रक्रिया प्रादेशिक संसदीय दलका नेता चयनमै दलहरू अल्मलिएका छन्। विभिन्न प्रदेशमा संसदीय दलको नेता बन्नका लागि आकाङ्क्षीको संख्या धेरै भएकाले कठिनाइ भएको छ।

सबै प्रदेशमा सहमतिमा संसदीय दलको नेता छान्ने, यदि त्यसो हुन सकेन भने गोप्य मतदानद्वारा प्रदेशका संसदीय दलको नेताहरूको निर्वाचन हुनेछ। एमालेको भागमा रहेको चार प्रदेश मध्ये प्रदेश नम्वर १ मा भीम आचार्य र शेरधन राई, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे तथा प्रदेश ४ मा किरण गुरूङ र पृथ्वी सुब्बा गुरुङ मुख्य दावेदारका रूपमा देखिएका छन्।

प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्रीको भाग पाएको माओवादी केन्द्रले प्रदेशको संसदीय दलको नेता टुङगो लगाएको छ।

प्रदेश नम्बर २ मा संयुक्त सरकार गठनमा सैद्धान्तिक सहमति गरेका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीका बीचमा मन्त्रालय भागबण्डाको कुरा मिल्न बाँकी रहेको बताइएको छ।

मुख्यमन्त्रीको दावी गर्दै आएको संघीय समाजवादी फोरम नेपालले लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिसकेको छ।

संसदीय दलको नेता चयनको काम छिट्टै सकिने र फागुनको पहिलो हप्तादेखि प्रदेश सरकार गठनको प्रक्रिया अगाडि बढने आशमा प्रदेश प्रमुखहरू रहेका छन्।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News