Home नेपाल तथा विश्व समाचार सेनापति हटाइंदैनः प्रधानमन्त्री

सेनापति हटाइंदैनः प्रधानमन्त्री

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने हल्ला निराधार भएको बताउनुभएको छ। सत्तासीन माओवादीले नेपाली सेनाले रिक्त दरबन्दीमा सैन्य भर्ना प्रवि्र्कया सुरु गरेकामा विरोध गरिरहेको बेलामा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुको जिज्ञासामा प्रधानसेनापति कटवालमाथि कारबाही नहुने र उनलाई नहटाइने स्पष्ट पार्नुभएको हो।


बुधबार साना दलहरुसँगको छलफलपछि सिहंदरबारमा संचारकर्मीसँगको भेटमा प्रधामन्त्री दाहालले यो बेकारको हल्ला भन्दै संचारकर्मीसँग यसको पछाडि नलाग्न आग्रह गर्नुभएको छ।  

उहाँले सेनाले जारी राखेको सैन्य भर्ना प्रवि्र्कयाबारेमा संचारकर्मीहरुले सोधेकोमा भने केही पनि बताउनुभएन।
यसअघि माओवादी नेता एवं रक्षामन्त्री रामबहादुर थापा बादलले सेना प्रमूखलाई सैन्य भर्ती प्रवि्र्कया शान्ति सम्झौता विपरीत भएको भन्दै रोक्न आदेश दिनुभएको थियो।  

तर, सेना प्रमुख कटवालले सेनाको कुल दरबन्दीमा वृद्धि नहुने गरी भइरहेको भर्ना प्रवि्र्कया नरोकिने सार्वजनिक अभिव्यक्ति दिएपछि सेना भर्ती प्रक्रियाले विवादको रुप लिँदै गएको थियो। यसैगरी बुधबार विहान सेनामा भएको भर्ना प्रक्रियाका विषयमा रक्षामन्त्रालयले प्रधानसेनापति रुक्मागंत कटुवाललाई सोधपुछ गरेको छ।  

रक्षामन्त्री रामबहादुर थापा र रक्षामन्त्रालयका पदाधिकारीहरुबीच मंगलबार भएको छलफलपछि प्रधानसेनापति कटुवाललाई सोधपुछ गर्ने निर्णय गरेको रक्षासचिव बामनप्रसाद न्यौपानेले जानकारी दिनुभयो। स्रोतका अनुसार लिखित रुपमा नभइ मौखिक रुपमा बोलाइएको कटुवाललाई सामान्य सोधपुछका गरिएको थियो।

 

Latest News