HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home नेपाल तथा विश्व समाचार बांग्लादेशको यात्रुवाहक विमान दुर्घटनामा परी सवार ४९ जना व्यक्तिको मृत्यु

बांग्लादेशको यात्रुवाहक विमान दुर्घटनामा परी सवार ४९ जना व्यक्तिको मृत्यु

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ मार्च २०१८, यूनाइटेड बांग्लादेश एअरवेजको यात्रुवाहक विमान दुर्घटनामा परी विमानमा सवार ४९ जना व्यक्तिको मृत्यु भएको प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन्।

सत्सट्ठी यात्रु र चालक दलका चार सदस्यसहित ढाकाको शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमान सोमवार अपराह्ण दुई बजे अवतरणका क्रममा काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थलमा ४० जनाको शव भेटिएको र उपचारका क्रममा नौ जनाको विभिन्न अस्पतालमा मृत्यु भएको जानकारी दिए।

विमानस्थलमा खटिएका प्रहरीका अनुसार विमानको भग्नावशेषमा खोजी गर्दा हराएका भनिएका थप आठ जनाको शव भेटिएपछि हताहत हुनेको संख्या बढेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति निकाली उक्त विमान अवतरणका क्रममा अनियन्त्रित भई २स्१८ बजे धावनमार्गको पूर्वतर्फ दुर्घनाग्रस्त भएको जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा उद्धारकार्यबारे बुझ्न दुर्घटनास्थल पुगेका थिए।दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानबिन गर्ने बताएका छन्।दुवै जना सिनामङ्गस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुगेर भर्ना भएका घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आउँदै गरेको विमान दुर्घटनाको दुःखद् खवरले स्तब्ध भएको छु । दुर्घटनामा निधन भएका यात्रुप्रति श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।दुर्घटनाको कारण पत्ता लगाउन सरकारले छानविन गर्नेछ ।

त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार विमानमा सवार यात्रुह‌रुमध्ये ३७ पुरुष, २८ महिला र दुई बालबालिका थिए।तीमध्ये ३३ जना नेपाली, ३२ जना बांग्लादेशी, एक जना चिनियाँ र एक जना माल्दिभ्सका नागरिक भएको बुझिएको छ।

दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरूलाई काठमाण्डूका विभिन्न अस्पताल लगिएको थियोधावनमार्गबाट धूँवाको मुस्लो निस्किएको र पछि यात्रुहरूलाई आकस्मिक रूपमा ओह्रल्दै गरेको देखिएको एक जना प्रत्यक्षदर्शी बताए।दुर्घटनापछि केही समय राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।तीन घण्टापछि विमानस्थलको धावनमार्ग खुलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार छेत्रीले बताए।

 

 

Add your comment

Your name:
Subject:
Comment: