Home नेपाल तथा विश्व समाचार यस वर्षको माध्यमिक एसइइ परीक्षा आज देखि सुरु

यस वर्षको माध्यमिक एसइइ परीक्षा आज देखि सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२२ मार्च २०१८,यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइइ० आज देखि सुरु।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले परिक्षाको सबै तयारी पुरा भएको र बिहान ८ बजेदेखि परिक्षा सञ्चालन । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार देशभरबाट परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थीले आवेदन दिएका छन् र एक हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। परीक्षामा प्रतिकेन्द्र एक केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी ६४ हजार ७६२ जनशक्ति खटिएका छन्।

 

रेग्मीले साधारण धारतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिक धारतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुने बताए।  यसवर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रम अनुसारका प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन हुँदैछ, जसअनुसार अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे । १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

आगामी वर्षदेखि प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्ने तयारी पनि सुरु भएको छ । एसईई उत्तीर्ण हुने विद्यार्थीले कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पढ्न पाउनेछन् ।

 

Latest News