Home नेपाल तथा विश्व समाचार इयुको निर्वाचन पर्यवेक्षण मिसनको सुझावप्रति आपत्ति

इयुको निर्वाचन पर्यवेक्षण मिसनको सुझावप्रति आपत्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

२५ मार्च २०१८, प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनको सुझावप्रति आपत्ति जनाएका छन्।

 

युरोपेली संघको निर्वाचन पर्यवेक्षण मिसनले खसआर्यलाई समानुपातिक प्रतिनिधित्वको व्यवस्थाबाट हटाउनुपर्ने सुझाव सहितको प्रतिवेदन दिएपछि त्यसयता चर्को विवाद उत्पन्न भएको छ।

आइतवार काठमाण्डूमा एक निर्वाचन पर्यवेक्षक संस्थाको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले इयुको निर्वाचन पर्यवेक्षण मिसनको पछिल्लो प्रतिवेदनले ुनेपालको सार्वभौमसत्ता र उपलब्धिको अवमूल्यन गर्दै नेपालीलाई हेपेकोु प्रतिक्रिया दिएका छन्।

इयुको पर्यवेक्षण मिसनले भने आफूहरुले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरेको र सुझावहरू दिएको प्रतिक्रिया यसअघि नै दिइसकेको छ।

केही महिनाअघि निर्वाचनको पर्यवेक्षण गर्ने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय निकाय इयुको पर्यवेक्षण मिसनको प्रतिवेदनको, सरकार तथा निर्वाचनसँग सम्बद्ध निकायहरुबाट आलोचना हुने क्रम रोकिएको छैन।

सरकारी निकायले इयुको प्रतिवेदन ुसंविधानको मर्मविपरीतु समेत रहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले भने, ुुइयुले अहिले निर्वाचन पर्यवेक्षण प्रतिवेदन भनेर जुन पठाएको छ, त्यो नेपालको सार्वभौमसत्तालाई, नेपालका उपलब्धिलाई कमजोर आकलन गरेको, हेपेको हो नेपाललाई।ुु

प्रतिवेदन सच्याउन आग्रह गरेपनि इयुको पर्यवेक्षण मिसनले प्रत्युत्तरमा निर्वाचन आयोगसँग भएको समझदारी तथा अन्तर्राष्ट्रिय मान्यताअनुसार नै संघ र प्रदेश चुनावबारे अन्तिम प्रतिवेदन तयार पारेको बताएको छ।तर त्यसबाट आश्वस्त जस्ता नदेखिएका प्रधानमन्त्री ओली आइतवार इयुप्रति क्रुद्ध देखिए।

 

 

 

Latest News