HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार हतारमा पार्टी एकता नहुने “दाहाल”

हतारमा पार्टी एकता नहुने “दाहाल”

E-mail Print PDF
AddThis Social Bookmark Button

मार्च २०१८, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले नेकपा एमालेसँगको एकतापछि बन्ने दलमा दुवै पक्षबाट ५०-५० प्रतिशतको सहभागिता हुने धारणा व्यक्त गरेका छन्। बाहिर चर्चा चले जस्तो ७०र३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने बताए ।

 

केन्द्रदेखि तल्लो तहका सांगठनिक संरचनामा दुवै दलको बराबर प्रतिनिधित्व हुने गरी कुरा अघि बढेको प्रचण्डको भनाइ थियो।नेकपा एमालेका एकजना नेताले पार्टी एकीकरण प्रतिशतका आधारमा नहुने प्रतिक्रिया दिएका छन्।प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ६० र ४० प्रतिशतको अनुपातमा सिट बाँडेका एमाले र माओवादी केन्द्र एकता घोषणाको अन्तिम कसरतमा छन्।

नयाँ बन्ने पार्टीको विभिन्न तहका सांगठनिक संरचनामा दुवै दलको सहभागिता चुनावको बेलाकै अनुपातमा हुने भनी आएका खबरबीच अध्यक्ष प्रचण्ड सोमवार आफ्नो दलसम्बद्ध विद्यार्थी संगठनको प्रशिक्षणलाई सम्बोधन गर्न पुगेका थिए।

प्रचण्डले त्यसको खण्डन गरेको जानकारी दिदैँ अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, केन्द्रदेखि तलका कमिटीमा ५०-५० प्रतिशतकै सहभागिता हुने गरी एकता हुन्छ र सम्मानजनक एकताले नै नयाँ सन्देश दिने तथा परिणाम दिन्छ भन्ने कुरा अध्यक्षले राख्नुभयो।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली छिट्टै हुने भनिएको आफ्नो भारत भ्रमणअघि नै पार्टी एकता गर्ने पक्षमा रहेको समाचार आइरहेका छन्।प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले चैतभित्रै एकीकरण गर्ने प्रयास भइरहेको बताएका छन्।

एमालेका उप(महासचिव विष्णु पौडेलले पनि केही दिनभित्रै पार्टी विधानलाई अन्तिम रुप दिने अवस्थामा पुगेको जानकारी दिए।उनले प्रचण्डको भनाइबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै भने, पार्टी एकता अनुपातमा हुने होइन। योग्य सबैलाई उपयुक्त जिम्मा दिन्छौं। मोर्चा बनाउँदा प्रतिशत हुन्छ, एकतामा हुँदैन नि।

पार्टी एकतापछि महाधिवेशनसम्म आलोपालो अध्यक्षता गर्ने र दुबै अध्यक्षको क्षेत्राधिकार समान हुने उनले बताए । पार्टी एकता चाँडै गर्ने भनिएपनि कार्यविधि अझै नटुंगिएको र यसले समय लिने भन्दै बैशाख १० मा एकता हुनसुक्ने बताए ।

जटिल भनिएको सैद्धान्तिक पक्षमा पनि करिब सहमति भइसकेकाले कुनै नाटकीय मोड नआएमा दुवै दल एकता प्रक्रियाबाट पछि हटिहाल्ने अवस्था नरहेको बताइन्छ।प्रचण्डले भनेका छन्, ‘हतारमा एकता गरेर फुर्सदमा पछुताउनुभन्दा सबै कुरा मिलेपछि मात्र एकता गर्नुपर्छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News