Home नेपाल तथा विश्व समाचार सरकारले पाँच वटा नमूना कानून सबै प्रदेशहरुमा पठायो

सरकारले पाँच वटा नमूना कानून सबै प्रदेशहरुमा पठायो

E-mail Print PDF
AddThis Social Bookmark Button

३ अप्रिल २०१८, सरकारले पाँच वटा नमूना कानून सबै प्रदेशहरुमा पठाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ५ वटा नमूना कानून ७ वटै प्रदेश सरकारलाई पठाइएको हो ।

 

अब एक हप्ताभित्र बाँकी २२ वटा नमूना कानूनको मस्यौदा पनि प्रदेश सरकारलाई पठाइने कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।मन्त्री तामाङले सरकारले पठाएको नमूना कानूनमा आधारित रहेर प्रदेश सरकारले आवश्यक कानून बनाउने पनि स्पष्ट पारे ।

सरकारले संघीय संसदले बनाउने कानूनको मस्यौदा निर्माणको काम पनि सुरु गरेको छ ।संघीय संसदले ११० वटा कानून निर्माण गर्नुपर्नेछ । त्यसैगरी सरकारले कानुनी सहायता सम्बन्धी बजेट कानून मन्त्रालयमार्फत् मात्रै खर्च गर्न पाउने व्यवस्था पनि गर्ने भएको छ ।मन्त्री तामाङले कानुनी सहायताका नाममा आउने रकम दुरुपयोग हुन नदिन पनि मन्त्रालयकै मातहतमा खर्च गर्न पाउने गरी कानुनी सहायता सम्बन्धी नीति बनाउन लागिएको जानकारी दिएका छन् ।

गत वर्ष करिब ४ अर्व २० करोड कानुनी सहायताको नाममा आएका रकमको कुनै प्रभाव नदेखिएको निष्कर्ष निकाल्दै त्यसको दुरुपयोग हुन नदिने मन्त्रालयको योजना छ ।मन्त्रालयले कानुनी सहायता सम्बन्धी रकम परिचालनका लागि कानून मन्त्री नेतृत्वको उच्चस्तरीय समिति बनाउने तयारी पनि गरेको छ । कानुनी सहायताको कामलाई प्रभावकारी बनाउन जिल्ला जिल्लामा कानून व्यवसायीहरुलाई परिचालन गर्ने योजना रहेको छ ।