HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार दुई प्रहरी सङ्गठनहरूमा नयाँ प्रमुखहरूको नियुक्ति

दुई प्रहरी सङ्गठनहरूमा नयाँ प्रमुखहरूको नियुक्ति

E-mail Print PDF
AddThis Social Bookmark Button

१० अप्रिल २०१८, सरकारले आज दुई प्रहरी सङ्गठनहरूमा नयाँ प्रमुखहरूको नियुक्ति गरेको छ।

 

मन्त्रिपरिषद्को बैठकले सर्वेन्द्र खनाललाई नेपाल प्रहरीको र शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बलको नेृतत्व पाएका छन्।तीसवर्षे सेवा हदका कारण बुधवारदेखि दुवै सङ्गठनका प्रमुखहरूले अनिवार्य अवकाश पाउन लागेकाले आज सरकारले अन्तिम समयमा हाल कायम नायब महानिरीक्षक ९डीआईजी० मध्येबाट नै नयाँ नेतृत्व चयन गरेको हो।

नेपाल प्रहरीमा प्रमुख प्रकाश अर्यालसँगै त्यसपछिको दर्जामा भएका अतिरिक्त महानिरीक्षकहरू ९एआईजी० सबैको कार्यकाल बुधवारबाट नै सकिन लागेकोले नायब महानिरीक्षक (डीआईजी) मध्येबाट नै नयाँ नेतृत्व चयन भएको हो।

मन्त्रिपरिषद्को बिहान बसेको बैठकमा सहमति जुट्न नसकेका कारण गृहमन्त्री रामवहादुर थापाको बढुवा प्रस्तावमा छलफलका लागि मङ्गलवारै दोस्रो पटक बैठक बोलाइएको थियो।

निर्णयबारे वनमन्त्री शक्ति बस्नेतले भने, सरकारले दुवै प्रहरी सङ्गठनमा वरियताक्रममा पहिलो नम्बरमा रहेका सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई नियुक्त गरेको छ। अन्य प्रतिस्पर्धीको योग्यतामा कुनै प्रश्न नभए पनि एक एक जनालाई नियुक्त गर्नुपर्ने भएकोले यस्तो निर्णय गरिएको हो।

मन्त्रिपरिषद्को बैठक अघि वाम गठबन्धनका प्रमुख नेताहरू प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र गृहमन्त्री सहितको अर्को बैठकमा प्रस्तावित नामहरूमा सहमति जुटेको बताइएको छ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रहरीका डिआईजीत्रय खनाल पहिलो, रमेश खरेल दोस्रो र पुष्कर कार्की तेस्रो वरियतामा रहेको बताइएको छ।सर्वेन्द्र खनालले विक्रम सम्वत २०४६ मा निरीक्षकको पदमा प्रहरी सङ्गठनमा प्रवेश गरेका थिए।सशस्त्र प्रहरीमा वरिष्ठताका आधारमा शैलेन्द्र खनाल पहिलो र पुष्पराम केसी दोस्रो नम्बरमा रहेका थिए।

गत वर्ष देउवा नेतृत्वको सरकारले डीआईजीको वरिष्ठतामा तेस्रो क्रममा रहेका जयबहादुर चन्दलाई प्रहरीको प्रमुख बनाउने निर्णय गरेपछि एक नम्बरमा रहेको भनिएका तत्कालीन (डीआईजी) तथा हाल एमालेबाट सांसद बनेका नवराज सिलवाल अदालत पुगेका थिए।अदालतले सरकारको निर्णय उल्ट्याइदिएपछि अर्याललाई सरकारले आईजीपी बनाएको थियो।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News