HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार सिरियामाथिको क्षेप्यास्त्र हमलालाई गुन्डागर्दीको आरोप

सिरियामाथिको क्षेप्यास्त्र हमलालाई गुन्डागर्दीको आरोप

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अप्रिल २०१८, रुसले सिरियामाथि अमेरिका, फ्रान्स र बेलायतले गरेको क्षेप्यास्त्र हमलालाई गुन्डागर्दीको आरोप ।

राष्ट्रसंघ सुरक्षा परिषद्मा राष्ट्रसंघका लागि रुसी राजदूत भसिली नेभेन्जियाले सिरियामा मिसाइल हमला गरेर अमेरिकासहितका राष्ट्रले अन्तर्राष्ट्रिय कानुनको घोर उल्लंघन गरेको आरोप लगाए ।

 

सुरक्षा परिषद्मा सिरियामाथि अमेरिका, फ्रान्स र बेलायतले गरेको हमलाको भत्र्सना गर्न भने रसियाले समर्थन जुटाउन सकेन । गत साता भएको भनिएको सन्दिग्ध रासायनिक हमलाको जवाफमा भन्दै शनिबार राति तीन राष्ट्रले सिरियाका विभिन्न स्थानमा क्षेप्यास्त्र हमला गरेका थिए ।

सिरियाको पूर्वी गुटाको डुमामा भएको भनिएको सो रासायनिक हमलाको अन्तर्राष्ट्रिय जाँच सुरु हुनुभन्दा अघि नै क्षेप्यास्त्र हमला गरेकाले यो पूर्वयोजनाअनुसारको आक्रमण भएको नेभेन्जियाले दाबी गरे ।यसमा योजनाअनुसार भएको छ । यस मामलामा उक्साइएको छ, झूठो आरोप लगाएर हमला गरिएको छ । के तपाईं यसरी अन्तर्राष्ट्रिय समस्यालाई समाधान गर्न सक्नुहुन्छ, यो अन्तर्राष्ट्रिय मामलामा गुन्डागर्दी हो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News