Home नेपाल तथा विश्व समाचार रेलवे लाइन विस्तारमा नेपाल र चीनबीच सहमति

रेलवे लाइन विस्तारमा नेपाल र चीनबीच सहमति

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ अप्रिल २०१८,पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाइन विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन -डीपीआर- तयार गर्ने विषयमा नेपाल र चीनबीच सहमति भएको छ ।

 

६ दिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो रेलवे मार्गको सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने र डीपीआर तयार गर्ने विषयमा सहमति भएको बताए । ज्ञवालीले बुधबार बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा रेलवे मार्ग, व्यापार, पूर्वाधार, पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

ज्ञवालीले रेलवे लाइन छिट्टै बन्ने संकेत दिँदै भने, ‘आधुनिक रेलमार्फत हिमालयको रमणीय दृश्य अवलोकन गर्दै चीनसम्मको यात्रा गर्ने मेरो सपना नै हो ।’ वान बेल्ट वान रोडमार्फत क्रस हिमालय कनेक्टिभिटी नेटवर्क अघि बढाउने योजनाअन्तर्गत चीनका विदेशमन्त्री वाङ यीले भारतलाई पनि सो कनेक्टिभिटीमा जोडिन् आह्वान गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले परियोनाले नेपाल, चीन र भारतबीच आर्थिक कोरिडोरको वातावरण बन्ने विश्वास व्यक्त गरे । दुई पक्षीय भेटवार्तामा तातोपानी नाका खोल्ने विषयमा समेत छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तातोपानी नाका सञ्चालनका लागि अरनिको राजमार्ग पुनः निर्माण गर्ने विषयलाई आफूले चीनका विदेशमन्त्री वाङ यीको ध्यानाकर्षण गरेको बताए । २०७२ सालमा गएको भूकम्पपछि तातोपानी नाका बन्द रहेको छ । त्यस्तै, केरुङ नाकामा सुविधा विस्तार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ । ज्ञवालीले आगामी दिनमा क्रस बोर्डर रुटहरू विस्तार गर्नुपर्नेतर्फ पनि फोकस गरेका थिए ।

पर्यटन प्रवद्र्धनका लागि दुवै देशले संयुक्त रूपमा सहकार्य गर्ने सहमति भएको छ । ‘चीनका मुख्य सहरहरूमा नेपालको मुख्य पर्यटकीय क्षेत्रहरूको प्रचारमा चिनियाँ सरकारले सहयोग गर्ने ।

ज्ञवालीले नेपाली सामान चीनमा निर्यात वृद्धि गर्ने विषयलाई पनि जोड दिएका थिए । समकक्षी वाङ यीले चीनमा नेपाललाई बजार पहुँच उपलब्ध गराउँदै अवसरहरू सिर्जना गर्ने वचन दिए ।ज्ञवालीले चीनका विदेशमन्त्रीसँगको छलफलमा दुई देशबीच विश्वास र आत्मीयता सम्बन्धका लागि नियमित रूपमाउच्चस्तरीय भ्रमणको आवश्यक महसुस गरेको बताए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालले चीन र भारतप्रति समान व्यवहार गर्ने नीतिको प्रशंसा गरेका छन् । उनले नेपालले समृद्ध मुलुक निर्माणका लागि दुवै छिमेकी मुलुकबाट फाइदा लिन सक्ने बताए । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि वाङ यीले भने, ‘नेपालको विकासका लागि भएका सम्झौता कार्यान्वयनका लागि चीन गम्भीर छ ।

 

Latest News