HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध

E-mail Print PDF
AddThis Social Bookmark Button

२० अप्रिल २०१८, उड्ने क्रममा मलिण्डो एयरको एउटा हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ।

अन्तर्राष्ट्रिय उडान खुलाउने प्रयास भइरहेको बताए।आन्तरिक उडानहरू खुलाइसकेको छ, अन्तर्राष्ट्रिय उडान अबको एक घण्टामा विमानस्थल खुल्छ । क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति साढे १० बजेतिर धावनमार्गमा चिप्लिएको थियो।त्रिभुवन विमानस्थलको घाँसे मैदानमा फसेको मालिन्दो एयरको विमानलाई १२ घण्टापछि दुर्घटनास्थलबाट हटाइएको छ ।

 

लामो समयको प्रयासपछि तानेर रेनवे बाहिर फसेको विमानलाई हटाइएको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार साढे ११ बजेबाट विमानस्थलमा अन्तर्राष्ट्रिय उडान(अवतरण सुरु हुनेछ ।

विमानस्थल प्रमुख क्षेत्रीका अनुसार विमानलाई ‘पुस ब्याक’ लगाएर हटाइएको हो । विमानलाई रनवेमा ल्याएर पूर्वतर्फको पार्किङ एरियामा लगिएको छ ।विहीबार राति काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज रनवेबाट चिप्लिएर चौरमा पुगेको थियो । घाँसे मैदानमा भासिएपछि गएरातिबाट नै उडान अवतरण ठप्प भएको थियो । रन वेबाट चिप्लिएर चौरमा पुगे पनि मानवीय क्षति भने भएको छैन । सबै १३९ यात्रु सकुशल रहेका छन् ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News