Home नेपाल तथा विश्व समाचार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान सुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२० अप्रिल २०१८, काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान सञ्चालनमा आएको छ।

 

धावनमार्गबाट चिप्लिएर थचारिएको ठाउँबाट मलिण्डो एयरको विमानलाई हटाइएपछि आन्तरिक तथा बाह्य उडान सञ्चालनमा आएको अधिकारीहरूले बताएका छन्।

उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर उक्त विमान थचारिएपछि अन्तर्राष्ट्रिय उडान १३ घण्टा अवरूद्ध भएको थियो।थचारिएको ठाउँबाट विमानलाई तानेर अन्यत्र सारिएको बताउँदै विमानस्थलका महाप्रबन्धकले अवरोध हटेको बताए। आन्तरिक तथा बाह्य दुवै उडानका लागि विमानस्थल खुलेको छ।

 

 

Latest News