HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार राजपा नेपालका असन्तुष्ट समूहले नयाँ पार्टीको घोषणा

राजपा नेपालका असन्तुष्ट समूहले नयाँ पार्टीको घोषणा

E-mail Print PDF
AddThis Social Bookmark Button

२० अप्रिल २०१८, स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ।

राजपा नेपालका असन्तुष्ट समूहले  शुक्रबार नयाँ पार्टीको घोषणा गर्दै आफूहरू छुट्टिएको बताएका हुन्। राजपा उपाध्यक्ष अशोककुमार यादवको नेतृत्वमा घोषणा भएको नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) रहेको छ।

 

उपाध्यक्ष यादवसहित ३३ जना केन्द्रीय सदसस्यहरुले राजपाबाट छुट्टिएर नयाँ पार्टी घोषणा गरेका हुन् ।महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको उनीहरुले जानकारी दिएका छन् ।

समितिका सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित छन्।

संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका छ जना र उनीहरूका परिवारले मात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरूले नयाँ पार्टी गठन गरेको बताए।

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भए पनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमण्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन भने। राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्ने छ।

राजपाले संविधान संशोधनमा कुनै भूमिका नखेलेको, मधेस आन्दोलनमा निर्दोष जनताले ज्यान गुमाउँदा राजपाका अध्यक्षमण्डले मात्रै फाइदा लिएको, मधेसी जनताको एजेण्डा छोडेर सत्तामा जान खोजेको लगायतका आरोप उनीहरुले लगाएका छन् । ‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिसर्जन गर्नुभयो,’ रिपोर्टस क्लवमा संयोजक यादवले भने, ‘मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो ।’

सह-संयोजक रीतेश कुमार सिंहले आफूहरुले पद नपाएर पार्टी नफुटाएको बताए । राजपा नेपालका अध्यक्ष मण्डलहरुले राष्ट्रियताविरुद्ध गतिविधि गर्दै आएको आरोप लगाउँदै सिंहले भने,’उनीहरुबाट राष्ट्रियतामाथि खतरा देखेकोले हामीले बाध्य भएर पार्टी फुटाएका हौं ।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News