HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार सुन तस्करी प्रकणरमा पूर्वडीआईजी निरौला पक्राउ

सुन तस्करी प्रकणरमा पूर्वडीआईजी निरौला पक्राउ

E-mail Print PDF
AddThis Social Bookmark Button

२३ अप्रिल २०१८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको साढे ३३ किलो सुन तस्करी प्रकणरमा पूर्वडीआईजी गोविन्द निरौलालाई गृह मन्त्रालयलको छानबिन समितिले पक्राउ गरेको छ ।

 

२८ चैतमा अवकाश पाएका निरौलालाई महानगरीय प्रहरी वृत्त बानेश्वर हिरासतमा राखिएको छ । सो प्रकरणमा यसअघि २१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको छ । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ ।

समितिले केही बहालवाला अधिकारीलाई बयानका लागि बोलाइसकेको स्रोतले जनाएको छ । सुन तस्करीमा वर्षौंदेखि प्रहरी अधिकारीको सहयोग र संलग्नता रहेको आशंका गरिँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा सुन तस्करीको सहयोगी बनेको आरोप निरौलालाई लागेपछि सरुवा गरिएको थियो । ७ माघमा त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै तस्करीको साढे ३३ किलो सुन गायब भएको थियो । सुन यूएईबाट आएको थियो । भरिया सनम शाक्यको हत्या भइसकेको छ ।

सो प्रकरणमा अपराध अनुसन्धान महाशाखका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका छन् । सो प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News