HongKongNepali.com, The Next Media

Thursday
May 24th
Home नेपाल तथा विश्व समाचार उत्तर र दक्षिण कोरियाबीच वार्ता

उत्तर र दक्षिण कोरियाबीच वार्ता

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ अप्रिल २०१८, उत्तर र दक्षिण कोरियाली नेताहरूले दुई देशबीचको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता भएको हो।

दुई देशको गैरसैनिक क्षेत्रमा दक्षिण कोरियाली राष्ट्रपति मून जे(इन र उत्तर कोरियाली नेता किम जङ(अनबीच वार्ता भएको हो।शिखर बैठकअघि त्यसबाट व्यापक अपेक्षाहरू गरिएका थिए र बैठकको शुरूमा बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मूनले एउटा दह्रो सहमतिको अपेक्षा गरेको बताए।उत्तर कोरियाली नेता किमले देखाएको साहसको प्रशंसा पनि गरे।

 

सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो उत्तर कोरियाली नेताका रूपमा किमले स्थानीय समय अनुसार साढे ९ बजेतिर दक्षिण कोरियाली भूमिमा पाइला टेकेका थिए।उनले दुई देशबीचको शिखर बैठकलाई एउटा नयाँ शुरूवातको संज्ञा दिए।

दुई नेताबीचको वार्ता कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

किमका पछिल्ला अनपेक्षित कदमहरूलाई लिएर विश्लेषकहरू विभाजित छन्।कतिपय विश्लेषकले उनको नियतमाथि प्रश्न गरिरहेका छन्।दुई कोरियाली नेताबीचको वार्तालाई किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच जुन महिनाको शुरूतिर गरिने प्रस्तावित शिखर बैठकको आधारका रूपमा पनि हेरिँदैछ।अनपेक्षित कदमका रूपमा हेरिएको उक्त शिखर बैठक भए बहालवाला अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाली नेतालाई भेटेको पहिलो घटना हुनेछ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment: