HongKongNepali.com, The Next Media

Friday
Jul 20th
Home नेपाल तथा विश्व समाचार पाकिस्तानका आन्तरिक मामिलामन्त्री इकबालमाथि गोली प्रहार

पाकिस्तानका आन्तरिक मामिलामन्त्री इकबालमाथि गोली प्रहार

E-mail Print PDF
AddThis Social Bookmark Button

७ मे २०१८, पाकिस्तानका आन्तरिक मामिलामन्त्री अहसान इकबाल एकजना बन्दुकधारीको गोली प्रहारबाट घाइते भएका छन्।

 

आफ्नो निर्वाचन क्षेत्र पर्ने उत्तर(पश्चिमी नगर नरोवालको भ्रमणका क्रममा उनीमाथि गोली प्रहार गरिएको थियो।पञ्जाब प्रान्तमा पर्ने नरोवाल नगरमा आयोजित एउटा र्‍यालीमा सहभागी भएर त्यहाँबाट बाहिरिन लागेका मन्त्री इकबालमाथि गोली प्रहार गरिएको थियो।उनको दाहिने पाखुरामा गोली लागेको समाचारमा जनाइएको छ।

घटना लगत्तै उनलाई अस्पताल पुर्‍याइएको छ र अवस्था गम्भीर नरहेको उनका छोराले  बताएका छन्।अधिकारीहरूका अनुसार बन्दुकधारीलाई पक्राउ गरिएको छ र उनीसँग सोधपुछ गरिँदैछ।

मन्त्री इकबालमाथि गोली प्रहार गर्नुको उद्देश्य स्पष्ट भइनसकेको अधिकारीहरूले बताएका छन्।पाकिस्तानमा आउने जुलाइ वा अगष्टमा आमनिर्वाचन हुन सक्ने बताइएको छ।

मन्त्री इकबाल सत्तारूढ दल पाकिस्तान मुस्लिम लिग नवाजका एकजना वरिष्ठ नेता पनि हुन्।गत जुलाइमा तत्कालीन प्रधानमन्त्रीलाई पदच्युत गरिँदा इकबाल प्रधानमन्त्री हुन सक्ने चर्चा थियो।

 

 

Add your comment

Your name:
Subject:
Comment: