HongKongNepali.com, The Next Media

Thursday
May 24th
Home नेपाल तथा विश्व समाचार नेविसंघ सडक संघर्षमा

नेविसंघ सडक संघर्षमा

E-mail Print PDF
AddThis Social Bookmark Button

१५ मे २०१८, सरकारको कार्यशैली र भारतीय सांसदको अभिव्यक्तिलाई लिएर नेपाल विद्यार्थी संघले सडक संघर्ष सुरु गरेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले भारतीय प्रधानमन्त्रीको हालैको भ्रमणका क्रममा राष्ट्रहितविपरीतका गतिविधि भएकोे र भारतीय सांसदको अभिव्यक्तिसमेत राष्ट्रिय स्वाधिनतालाई खलल पार्ने गरी आएको भन्दै सडक संघर्ष सुरु गरेको हो ।

 

नेविसंघले आज दिउँसो सरकारको कदम र भारतीय हस्तक्षेपको शैलीको विरोधमा सडक आन्दोलनसहित भारतीय दूतावासमा समेत धर्ना दिएको छ । नेपाल सरकारले भारतीय सांसदलाई कारबाहीका लागि कूटनीतिक पहल गर्नुपर्ने मागसमेत गरेको छ । नेविसंघ महामन्त्री कुन्दनराज काफ्लेले भारतीय प्रधानमन्त्रीको भ्रमणका बहानामा नेपाली भूमिमा भारतीय सेनाले हस्तक्षेपकारी गतिविधि गर्दा समेत सरकार चुप बसेको र नेपाली सुरक्षा संयन्त्रलाई कमजोर बनाइएको भन्दै आन्दोलनमा  उत्रिनुपरेको बताए ।

सरकारले लम्पसारवादी शैलीमा आफ्नै संयन्त्रलाई परिचालन गर्न नसकेर विदेशी शक्तिलाई परिचालन अनुमति दिनु नै सरकारको राष्ट्रघाती कदम भएको समेत दाबी गरे ।भारतीय सांसद कीर्ति आजादले प्रदेश २ जनकपुरलाई भारतले २ सय वर्षका लागि दिएको र सो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित अभिव्यक्ति दिएपछि विरोधस्वरूप नेविसंघ आन्दोलित भएको केन्द्रीय सदस्य सुशील भट्टले बताए ।

भट्टले नेविसंघले भारतीय सांसद आजादलाई कारबाही गर्न नेपाल सरकारले भारत सरकारलाई कूटनीतिक दबाब दिनुपर्ने आफूहरूको माग भएको समेत जानकारी दिए ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बखत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको भाषण र नेपाली झन्डाको स्परूप बिगारेको विषयमा समेत सर्वत्र विरोध भइरहेको छ ।

नेविसंघले आज बिहान राजधानीको त्रिचन्द्र क्याम्पसअगाडि चक्काजाम, जुलुस र  दिउँसो लैनचौरस्थित भारतीय दूतावासमा समेत धर्ना दिएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: