HongKongNepali.com, The Next Media

Thursday
May 24th
Home नेपाल तथा विश्व समाचार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्ने सहमति

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा गर्ने सहमति

E-mail Print PDF
AddThis Social Bookmark Button

१७ मे २०१८, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीवार पार्टी एकता घोषणा गर्ने सहमति भएको नेताहरूले जनाएका छन्।

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले एमालेसँगको एकता टुङ्गोमा पुगेको जानकारी गराएपछि घोषणा प्रस्तावलाई पार्टी केन्द्रीय कार्यालयको बैठकले अनुमोदन गरेको नेता हरिबोल गजुरेलले जानकारी दिए।

एकीकरण घोषणा भोलि बिहीवार हुन्छ। दुवै दलको बैठकले त्यो प्रस्ताव अनुमोदन गरेको छ।पछिल्लो केही साता एकता प्रक्रियामा ठोस प्रगति नहुँदा चुनावअघिको एकीकरण लक्ष्य अनिश्चित बनेको टिप्पणी हुन थालेका थिए।

दुवै दलले एकताबारे छलफल गर्न भन्दै आ-आफ्नो दलको आकस्मिक बैठक डाकेपछि त्यसलाई एकीकरण निष्कर्षमा पुग्न लागेको सङ्केत ठानिएको थियो।नेता गजुरेलका अनुसार पार्टी केन्द्रीय कमिटी चार सय ४२ सदस्यीय हुनेछ।एमालेबाट २४१ र माओवादी केन्द्रबाट २ सयजना रहने उनको भनाइ छ।

दुई कम्युनिस्ट पार्टीहरूले गत फागुनमा संयुक्त रूपमा तयार पारेको एकीकरणका प्रारम्भिक आधारहरूुमा एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त मार्क्सवाद‍(लेनिनवाद रहने उल्लेख छ।

एकता महाधिवेशनअघि दुवै नेताले पार्टीको नेतृत्व गर्ने सहमति रहेको बताइन्छ।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आपसी छलफल गरेपछि आकस्मिक रूपमा आ(आफ्नो दलको बैठक बोलाएका थिए।

एकताबारे छलफल स्थायी कमिटीको बैठक गरेको एमालेले बिहीवार केन्द्रीय कमिटीको पनि बैठक बोलाएको छ।त्यसअघि एकताबारे छलफल गर्न दुवै दलको संयुक्त एकता संयोजन समितिको बैठक राखिएको छ।उक्त बैठकले एकताबारे औपचारिक निर्णय गर्ने माओवादी नेताहरुको भनाइ छ।

 

 

Add your comment

Your name:
Subject:
Comment: