HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार एमाले र माओवादी केन्द्र विघटन

एमाले र माओवादी केन्द्र विघटन

E-mail Print PDF
AddThis Social Bookmark Button

१७ मे २०१८, एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको घोषणा गरिएको छ ।

 

दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ ।बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे । उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरे ।एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो ।

दुई दलले ‘नेकपा कम्युनिष्ट पार्टी’  दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।यदि नाममा निवेदन दिने र दल दर्ता प्रक्रिया अघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको छ । एमालेको बैठकमा नेता बामदेव गौतमले ‘नेकपा कम्युनिष्ट पार्टी’का पछाडि केही थप्ने विकल्प दिएका थिए ।

एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ ।प्रधानमन्त्रीको सरकारी निवासमा नै रात्रीभोज राखिएको हो । एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् ।पार्टी एकता प्रक्रियाका क्रममा अधिकांश बैठक बिहीबार पनि बालुवाटारमा नै बसेको थियो । सुरुमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो भने एमालेलेको केन्द्रीय कमिटीको अन्तिम बैठक पनि त्यही बसेको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News