HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार राष्ट्रकवि घिमिरेलाई थप उपचारको लागि आज भारत लगियो

राष्ट्रकवि घिमिरेलाई थप उपचारको लागि आज भारत लगियो

E-mail Print PDF
AddThis Social Bookmark Button

२३ मे २०१८, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लगिएको छ ।

धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहेका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको हो ।

 

घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको छोरी उषाकिरण अधिकारीले जानकारी दिइन् ।

गत वैशाख २८ गतेदेखि निरन्तर आन्तरिक रक्तस्राव भएपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएका थिए । उनको उपचारमा संलग्न चिकित्सक डा‍। विवेक शर्माले सानो आन्द्राबाट नियमित रक्तश्राव आउने ठाउँ पत्ता लाग्न नसकेकाले थप उपचारको लागि भारत लैजान सुझाव दिएको बताए ।

विसं १९७६ असोज ७ गते जन्मिएका घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएकाले चार महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।राष्ट्रकवि घिमिरेको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News