Home नेपाल तथा विश्व समाचार प्रदेश २ मा नेकपाले दिएको समर्थन फिर्ता

प्रदेश २ मा नेकपाले दिएको समर्थन फिर्ता

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ मे २०१८, प्रदेश २ मा नेकपाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

 

तत्कालीन एमाले र माओवादी केन्द्रले दिएको समर्थन पार्टी एक भएपछि नेकपाले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको बेला भएका घटना लगायतलाई देखाएर फिर्ता लिएको छ।एकीकृत भएपछि पहिलोपटक प्रादेशिक सदनमा नेपाल कम्युनिष्ट पार्टीको रुपमा प्रस्तुत भएका सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरे।

हिउँदे संसद अन्त्य भएकै दिन विपक्षी दलको नेतामा नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादवलाई मान्यता दिइएपछि नेकपाका सांसदहरू आक्रोशित बनेका हुन् ।

तत्कालीन एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलले सदनमा मुख्यमन्त्री लालबाबु राउतलाई विधेयक प्रस्तुत गर्न रोक्दै सरकारलाई दिएको मौखिक समर्थन फिर्ता लिएको घोषणा गरे।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हामीलाई मानमर्दन गरे। मुख्यमन्त्रीले विपक्षी सांसदहरूको सम्मान गर्न जानेनन्।तर उनले कुन घटनालाई इङ्गित गर्न खोजेका हुन् भन्नेबारे प्रष्ट भएको छैन।

तत्कालीन माओवादी केन्द्र संसदीय दलका नेता रामचन्द्र मण्डलले विपक्षी दलको नेताको मान्यता दिने सभामुखको निर्णय समन्वयात्मक नभएको बताए ।हो(हल्ला गर्दै नेकपाका सांसदहरुले सदन अवरोध गरेपछि एक घण्टाका लागि सदन स्थगित गरिएको थियो।

बजेट अधिवेशन आइतवारदेखि सुरु भएको छ। तर पहिलो दिन नै सदनमा हङ्गामा भएको छ।नेकपाले सरकारको समर्थन फिर्ता लिएपछि प्रदेश २ मा राजनीति तरंगित भएको छ।

तर बहुमत रहेकाले सरकारलाई कुनै खतरा छैन।१ सय ७ सदस्यीय सदनमा फोरम र राजपा गठबन्धनको ५५ सांसद छन्।

 

Latest News