HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार युक्रेनले हत्या भएको जानकारी दिएको एकजना रुसी पत्रकार जीवित

युक्रेनले हत्या भएको जानकारी दिएको एकजना रुसी पत्रकार जीवित

E-mail Print PDF
AddThis Social Bookmark Button

३१ मे २०१८, युक्रेनले हत्या भएको भनेर जानकारी दिएको एकजना रुसी पत्रकार अर्काडी बाब्चेन्को जीवितै ।

उनी सकुशल नै युक्रेनी राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा उपस्थित भएका छन्।एउटा अभूतपूर्व घटनाक्रममा ती पत्रकार आर्काडी बाब्चेन्को युक्रेनी टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखा परेका हुन्।उनी क्रेमलिनको कट्टर आलोचकका रुपमा चर्चित पत्रकार हुन्।

 

पत्रकार सम्मेलनमा उनले आफूलाई हत्या गर्ने एउटा योजनाको निशाना बनाइएको भन्नेबारे एक महिनाअघि सूचना प्राप्त भएको बताएका छन्।युक्रेनको गुप्तचर सेवाका प्रमुखले ती पत्रकारलाई हत्या गर्ने आदेश ूरुसी गुप्तचर निकायले जारी गरेकोू दावी गरेका थिए।

त्यस्तो हत्याको षडयन्त्रका सम्बन्धमा आफूहरूले एकजनालाई पक्राउ गरेको युक्रेनको प्रहरीले जनाएको छ।पत्रकार सम्मेलन कक्षमा बाब्चेन्को प्रवेश गर्दा त्यहाँ उपस्थितहरुले विस्मय(मिश्रित प्रतिक्रिया जनाएका थिए।

उनले आफ्नो ज्यान जोगाइदिएकोमा युक्रेनी प्रहरीलाई धन्यवाद दिएका थिए।यसअघि दिइएको उनको मृत्युसम्बन्धी समाचारमा ती पत्रकारलाई ढाडमा गोली लागेर रगतले लत्पतिएको अवस्थामा उनकी श्रीमतिले फेला पारेको र उपचारका लागि अस्पताल लगिंदै गर्दा एम्बुलेन्समा नै उनको निधन भएको जनाइएको थियो।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News