HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउने

सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउने

E-mail Print PDF
AddThis Social Bookmark Button

३१ मे २०१८, सरकारले झापादेखि डडेल्धुरा जोड्ने मदन भण्डारी राजमार्ग बनाउने घोषणा सहित ठूलो राशिको बजेट छुट्याएको छ ।

 

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने एक हजार २०० किलोमिटर लामो यो राजमार्गको पूर्वीविन्दु मेचीनगर–१ बाहुनडाँगीको पाटापुर रहने छ ।अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको आव २०७५र७६ को बजेटमा मदन भण्डारी राजमार्गका लागि चार अर्ब ५० रूपैयाँ विनियोजन गरेका छन् ।

राजमार्ग बन्ने खबरले खुशी भएका बाहुनडाँगीका राजनीतिक दलका नेताले यसबाट विकासको नयाँ ढोका खुल्ने विश्वास गरेका छन् । पहिलेदेखि नै चुरे मार्गको रुपमा चर्चा हुँदै आए पनि सरकारले पहिलोपल्ट यो मार्गलाई राजमार्ग बनाउने घोषणासहित पर्याप्त बजेट समेत विनियोजन गरेको हो ।

नेपाली कांग्रेसका नेता नीरज घिमिरेले यो राजमार्गको निर्माणका लागि बजेट छुट्याएकोमा सरकारलाई धन्यवाद दिए । बाहुनडाँगी अत्यन्त पछाडि परेको दुर्गम ठाउँ भएकोले राजमार्ग खुल्ने कुराले स्थानीयवासीले थुप्रै अपेक्षा पूरा हुने विश्वास पालेको घिमिरे बताए ।

पाटापुरबाट राजमार्गको शुरुवात हुने बजेटमा उल्लेख छ । मेचीनगर–१ का वडाध्यक्ष पासाङ तामाङ यो राजमार्ग बनाउन अति आवश्यक रहेको बताउँछन् ।पाटापुर गाउँमा ८५ घर रहेको उल्लेख गर्दै उनले राजमार्ग बनेपछि गाउँकोस्वरुप बदलिएर ठूलो शहरको अवतार लिने आशा गरिएको बताए ।

भारततिरको लोहागढ–पानीघट्टा बाटोमा पिच रहेको बताउँदै उनले मेची पुलमा पुल बनाएर मदन भण्डारी राजमार्गलाई भारतीय मार्गसँग जोड्नुपर्ने धारणा राखे । राजमार्गको घोषणाले महेन्द्र राजमार्ग बन्दाखेरिदेखिकै सपना बल्ल पूरा भएको बताए ।

महेन्द्र राजमार्ग बनाउँदाखेरी चुरे मार्गको समेत सर्वेक्षण भएको जनाउँदै पाटापुरबाट बौद्धमोड–तेलपानी–बेँशीसहर हुँदै शान्तिनगरमा जोडिने यो बाटो अहिले पनि प्रचलनमा रहेको बताए ।

महेन्द्र राजमार्गले मेचीनगरको बाहुनडाँगी, बुद्धशान्तिको बुधबारे, जयपुर र अर्जुनधाराको खुदुनाबारी हुँदै सुनसरीको चतरा जोड्ने बताइएको छ । चतरा–हेटाँैडाबीचको ३०० किलोमिटर बाटोमा भने सरकारले पहिल्यैदेखि पूर्वाधार निर्माण गरिरहेको छ ।चतरा मार्गमा फराकिलो कालोपत्रे बनिसकेको छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News