HongKongNepali.com, The Next Media

Saturday
Jun 23rd
Home नेपाल तथा विश्व समाचार अपहरणमा परेका बालकको हत्या

अपहरणमा परेका बालकको हत्या

E-mail Print PDF
AddThis Social Bookmark Button

११ जुन २०१८, रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ।

स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्।

अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ।

हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरण लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय गरुडाबाट चर्तुभुज ओझाको नेतृत्वमा परिचालित प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मृतक बालककै गाउँ कटहरीया–९ डुमरियाका १९ वर्षीया शक्तिराय यादव, २० वर्षीया प्रविन राय यादव, २० वर्षीया सुनिल कुमार यादव र बृन्दावन नगरपालिका आखरपाथरका १८ वर्षीया विनोद कुमार पटेल, २० वर्षीया रवि कुमार पटेल रहेका छन्।

बालकलाई घरबाट १५ किलोमिटर पर गढीमाई नगरपालिका– ५ बागमती किनारमा लगि गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको बताए।राति आफ्नै घरमा सुतिरहेको बेला १ बजेको समयमा बालक अपहरणमा परेका थिए।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News