Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओली आज चीनको राजकीय भ्रमणमा निस्कँदै

प्रधानमन्त्री ओली आज चीनको राजकीय भ्रमणमा निस्कँदै

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ जुन २०१८, सरकारी खर्चका ४९ सहित सयभन्दा बढी सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको पाँचदिने राजकीय भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओली आज निस्कँदै छन् ।

 

चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिन पिङ, समकक्षी ली खछ्याङलगायतसँग आपसी हित तथा दुई देशको विकास र समृद्धि तथा सम्बन्ध विस्तारका विषयमा छलफल गर्नेछन् । समकक्षी लीको निमन्त्रणामा चीन निस्कन लागेका प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा विभिन्न सहमति र सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारी खर्चबाहेक भ्रमण दलमा निजी क्षेत्र सम्बद्ध विभिन्न संघ संस्था तथा सञ्चारमाध्यमका प्रतिनिधि थप ५० भन्दा बढी रहनेछन् । निजी क्षेत्रका प्रतिनिधि भने निजी खर्चमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले विगतका सहमतिलाई उचाइमा पु¥याउन विशेष जोड दिने बताउँदै आएका छन् । उनले संघीय संसद् भवन नयाँ बानेश्वरमा सोमबार सम्बोधन गर्दै राष्ट्रपति सी, समकक्षी लीसँग भेट हुने र नेपालको हितका विषयमा छलफल गर्ने बताएका छन् । ‘मेरो भ्रमणको अवसरमा दुई पक्षबीच गरिने सबै सम्झौता, समझदारी ती सबै मुलुकको बृहत्तर हित र राष्ट्रिय हितको केन्द्रबिन्दुमा राखेर आजको नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर गरिनेछ,’ प्रधानमन्त्रीले भने ।प्रधानमन्त्री ओलीले संसद्मा सम्बोधनका क्रममै रेल्वे, ऊर्जा सहयोग, पुनर्निर्माणका विषयमा दुई पक्षीय सम्झौता र समझदारीमा हस्ताक्षर हुने जानकारीसमेत गराएका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा पत्नी राधिका शाक्यसहित गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र ने क पाका विदेश मामिला विज्ञ डा। राजन भट्टराई पनि भ्रमण दलमा छन् । प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्य र निजी चिकित्सक दिव्यासिंह शाह टोलीमा छन् ।

भ्रमण टोलीमा सत्ता÷प्रतिपक्षका सांसद पनि छन् । नेकपाका जनार्दन शर्मा, प्रेम आले, जयपुरी घर्ती, विशाल भट्टराई र नैनकला ओझा, नेपाली कांग्रेसका राजेन्द्र केसी, पार्वती डिसी चौधरी, राजपाबाट निर्जला राउत र संघीय समाजवादी फोरमका सुरेन्द्रकुमार यादव भ्रमण दलमा छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुख्य सचिव लोकदर्शन रेग्मी, अर्थ सचिव राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी, वाणिज्य सचिव चन्द्र घिमिरे, मुस्ताङ जिल्ला समन्वय समितिकी प्रमुख छिरिङ ल्हामो गुरुङ, हिमालयन एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, उच्च माध्यमिक विद्यालय एसोसिएसन हिसानका अध्यक्ष रमेश सिलवाल र महासचिव लोकबहादुर भण्डारीलगायत भ्रमण दलमा छन् । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसहित दूतावासका अधिकारीहरु पनि सरकारी भ्रमण टोलीमा थप हुनेछन् ।

यस्तै, निजी क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्सका प्रतिनिधि पनि प्रधानमन्त्रीसँग चीन जाँदै छन् ।

 

Latest News