HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home नेपाल तथा विश्व समाचार चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

E-mail Print PDF
AddThis Social Bookmark Button

२० जुन २०१८, चिनियाँ राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।

ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।त्यस अवसरमा नेपाली र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी ८ सम्झौता भएको थियो ।

 

बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको छ। दुई शीर्ष नेताबीचको भेटवार्तापछि अहिले प्रतिनिधिमण्डलस्तरीय वार्ता शुरु भएको छ । राष्ट्रपति सीसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको शालिकमा माल्यार्पण गरेका थिए।

चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली मंगलबार चीन प्रस्थान गरेका हुन्। प्रधानमन्त्री ओली आज बिहानैदेखि महत्वपूर्ण कार्यक्रम र भेटावार्तामा व्यस्त भएका छन्। आजै उनले नेपाल चाइना विजनेश फोरमलाई सम्बोधन गरे भने दुई देशका निजी क्षेत्रबीच ऊर्जा, सिमेन्ट र पश्मिना उद्योग सञ्चालनका विषयमा भएको हस्ताक्षर समारोहमा सहभागीभए।

 

Add your comment

Your name:
Subject:
Comment: