HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home नेपाल तथा विश्व समाचार चीन र भारत सहकार्यका लागि आह्वान “परराष्ट्रमन्त्री ज्ञवाली”

चीन र भारत सहकार्यका लागि आह्वान “परराष्ट्रमन्त्री ज्ञवाली”

E-mail Print PDF
AddThis Social Bookmark Button

२२ जुन २०१८, प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीन र भारत सहकार्यका लागि आह्वान गरेको परराष्ट्रमन्त्रीले बताए।

 

नेपाल दुईमध्ये एकसँग निकट भएको देखिँदा बेइजिङ र दिल्ली दुवै सशङ्क हुने गरेको बुझाइमाझ ओलीको त्यस्तो आग्रहलाई यी उदीयमान महाशक्तिबीच सन्तुलन मिलाउने प्रयासका रूपमा कतिपयले अर्थ्याएका छन्।

ओलीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाली पक्षको आग्रहप्रति चीनको नेतृत्व तहले सकारात्मक प्रतिक्रिया जनाएको र नेपाल, भारत तथा चीनबीच त्रिदेशीय साझेदारीमा जोड दिएको पनि जनाए।

सामान्यतया द्विपक्षीय भेटवार्तामा तेस्रो मुलुकको प्रसङ्ग विरलै उठाउने गरिन्छ। अझ नेपाल(चीनको हकमा त्यो विषय झन् संवेदनशील मानिने गरेको छ।

प्रधानमन्त्रीका रूपमा ओलीले दुई वर्षअघि गरेको पहिलो चीन भ्रमणमा चिनियाँ राष्ट्रपति स्वयंले भारत र चीनको विकासबाट लाभ लिन नेपाललाई आग्रह गर्नुका साथै त्रिदेशीय साझेदारीका विषय उठाएका थिए।

नाकाबन्दीपछि भएको उक्त भ्रमणमा चिनियाँ पक्षबाट उठाइएको प्रसङ्ग अर्थपूर्ण मानिएको थियो।

यसपालि स्वयम् ओलीले नेपालसहित समग्र दक्षिण एशियाली क्षेत्रका लागि चीन र भारतको सहकार्य फलदायी हुने धारणा चिनियाँ पक्षसमक्ष राखेको बताइएको छ। नेपाली पक्षले भारत र चीनबीच प्रतिस्पर्धा होइन, सहयोग रहेको हेर्न चाहेको चीनको नेतृत्वलाई बतायो।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री दुवै जनासँगको भेटवार्ता उक्त प्रसङ्ग उठाइएको बताइएको छ।सहकार्य अघि बढाउँदै जाँदा त्रिदेशीय साझेदारी र क्षेत्रीय साझेदारीमा त्यसले सहयोग पुर्‍याउँछ।तर त्रिदेशीय साझेदारीमा भारतले रुचि देखाएको पाइँदैन।

चीनसँग नेपालको बढ्दो निकटता दिल्लीलाई बिझाउने गरेको जानकारहरूको धारणा पाइन्छ।

एउटा सार्वभौम मुलुकको हैसियतमा भारतसँग पछिल्लोपटक विश्वासको सम्बन्ध देखिएका बेला अझै पनि भूराजनीतिक अप्ठ्याराहरू रहेको सङ्केत पछिल्लो आग्रह हो।चीनसँगको सम्बन्धलाई लिएर नेपालले दिल्लीको प्रत्यक्ष वा परोक्ष दबाब झेलिरहेको भन्ने मान्यतालाई सङ्केत गरेको प्रतीत हुन्छ।

 

 

 

Add your comment

Your name:
Subject:
Comment: