Home नेपाल तथा विश्व समाचार पशुपति काण्डले दखाउंछ नेपालमाथि भारतको प्रत्यक्ष हस्तक्षेप

पशुपति काण्डले दखाउंछ नेपालमाथि भारतको प्रत्यक्ष हस्तक्षेप

E-mail Print PDF
AddThis Social Bookmark Button
नेपालगन्ज, सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर महराले पशुपतिनाथमा नेपाली पुजारी नियुक्तिको मुद्दालाई उठाएर भारतले नेपालविरुद्ध हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ।

उहाँले मंगलबार नेपालगन्ज विमानस्थलमा संवाददाताहरूसँग कुरा गर्दै केही प्रतिगामीहरूको सहयोगमा भारतले गर्न खोजेको हस्तक्षेप नेपाल सरकार र नेपाली जनतालाई कुनै हालतमा स³य नहुने बताउनुभयो। उहाँले सरकार पशुपतिनाथको मन्दिर सम्बन्धमा भएको निर्णया अडिग रहने स्पष्ट पार्दै सर्वोच्च अदालतको आदेशको अवज्ञा भने नगरिने बताउनुभयो।

हिन्दू अतिवादीहरूलाई उचालेर वर्तमान सरकारविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाउँदै उहाँले नेपालको मन्दिरमा भारतीय पुजारी रहने परम्परा नयाँ नेपालमा सम्भव नभएको बताउनुभयो। मन्त्री महराले नेपाली जनताले चढाएको दक्षिणा नेपालको दरबारदेखि दिल्लीसम्म पुग्ने परम्परा सदाका लागि अन्त्य हुने पनि बताउनुभयो।

सर्वोच्चमा पुस २८ गते छलफल
पशुपतिनाथ मन्दिरमा देखिएको पुजारी विवादका बारेमा यही पुस २८ गते सर्वोच्च अदालतमा छलफल हुने भएको छ । पुरानै पुजारीहरूबाट पूजा गराउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएपछि त्यसका बारेमा २८ गते छलफल गराउन न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र गौरी ढकालको संयुक्त इजलासले आदेश दिएको हो।
 

Latest News