HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home नेपाल तथा विश्व समाचार अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको आदेशको स्वागत गरे

अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतको आदेशको स्वागत गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२७ जुन २०१८, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा बोल्दै सर्वोच्च अदालतको आदेशको स्वागत गरे।

यो  अमेरिकी संविधानको ठूलो विजय हो। हामी कडा हुनुपर्छ र हामी सुरक्षित हुनुपर्छ, सुरक्षित हुन हामीले हाम्रो देशमा को आउन लाग्दैछन भन्ने जाँच राम्ररी गर्नैपर्छ।कतिपय मुसलमान बहुल देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने आफ्नो निर्णय सर्वोच्च अदालतले सदर गरिदिएकोमा प्रशन्नता व्यक्त गरेका छन्।तल्ला अदालतहरूले उक्त आदेश असंवैधानिक भनेपनि सर्वोच्च अदालतले पाँच(चारको झिनो अन्तरले ती निर्णयहरूलाई उल्ट्याएको हो।

 

राष्ट्रपति ट्रम्पले अदालतको आदेशलाई ठूलो सफलता भनेका छन्।ट्रम्प प्रशासन मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरूविरुद्ध कडा रुपमा प्रस्तुत भइरहँदा अदालतको पछिल्लो फैसला आएको हो।

रूढिवादी प्रधान न्यायाधीश जन रोबर्टसले पाँचजना न्यायाधिशहरू पक्षमा र चारजना विपक्षमा उभिएको उक्त फैसला सरकारले प्रस्तुत गरेको राष्ट्रिय सुरक्षाको कारणलाई ध्यान दिँदै आएको प्रतिक्रिया दिए।

तर फरक मत राख्नेमध्येकी एक न्यायाधीश सोनिया सोटोमेयरले यात्रा प्रतिबन्धलाई निन्दा गर्दै त्यसले मुसलमानहरूविरुद्ध पूर्वाग्रह राख्ने उद्देश्य लिएको बताइन्।

राष्ट्रपति ट्रम्पको यात्रा प्रतिबन्ध विवादित प्रकृतिको भएपनि मंगलवार बिहान अमेरिकी सर्वोच्च अदालत बाहिर आप्रवासी प्रदर्शनकारी भन्दा गर्भपतनको अधिकारसम्बन्धी अभियानकर्ताको बाक्लो उपस्थिति थियो।शायद गर्भपतन दशकौँदेखि अमेरिकामा कानूनी लडाइँ चलिरहेको विवादित विषय भएकाले पनि यस्तो भएको हुनसक्छ।

राष्ट्रपतिको यात्रासम्बन्धी आदेश पछिल्ला केही महिनायता खासै चर्चामा थिएन।हालैका हप्तामा सबैको ध्यान अमेरिकाको दक्षिणी सीमाबाट प्रवेश गरिरहेका आप्रवासीहरूमा केन्द्रित थियो न कि यात्रा प्रतिबन्धमा उल्लेख गरिएका लिबिया, इरान, यमन र सिरियासहितका देशबाट आएका आगन्तुक वा त्यहाँका नागरिकमा।

यात्रा प्रतिबन्धको पक्षमा फैसला दिएका पाँच जना न्यायाधीशहरूले उक्त आदेशको रूपलाई ध्यान दिएका छन्।उनीहरूले राष्ट्रपतिको चुनावी अभियान र समाजिक सञ्जाल ट्विटरमा समेत व्यक्त भएका एकदमै आक्रामक मुसलमान विरोधी धारणाहरूलाई आदेशबाट अलग राखेको देखिन्छ।

सत्ता सम्हाले लगत्तै जथाभावी यात्रा प्रतिबन्ध लागु गरिएको थियो र त्यसलाई बारम्बार अमेरिकी न्याय प्रणालीले उल्ट्याएका थिए। राष्ट्रपतिले चाहे जस्तै भएको छ अथवा उनले आफ्नो सफलता भनेर व्यख्या गर्न सक्ने अवस्थामा पुगेको छ।यसैबीच अमेरिकामै १७ वटा राज्यले, क्रुर र गैरकानूनी रुपमा आप्रवासी परिवारलाई अलग गरेकोु आरोप लगाउँदै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्।

वाशिङटन, न्यूयोर्क, क्यालिफोर्नियासहितका राज्यका डोमोक्र्याटतर्फका महान्यायधिवक्ताहरूले त्यस्तो अभियोग दायर गरेका हुन्।उनीहरूले आप्रवासी परिवारहरूलाई मेक्सिकोको सीमाबाट प्रवेश नदिने रिपब्लिकन राष्ट्रपतिको निर्णयले कानूनको उल्लंघन गरेको र शरण खोज्न पाउने उनिहरूको अधिकार खोसेको तर्क गरेका छन्।

आप्रवासी परिवारलाई एकैसाथ राखिने सुनिश्चित गर्न भन्दै राष्ट्रपति ट्रम्पले ल्याएको भनिएको कार्यकारी आदेशलाई उनीहरूले भ्रामक भनेका छन्।अमेरिकी उपराष्ट्रपति माइक पेन्सले मध्य अमेरिकी देशका नागरिकहरूलाई गैरकानूनी रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने प्रयास गरेर ज्यानलाई जोखिममा नपार्न भनेका छन्।

ल्याटिन अमेरिकाको भ्रमणमा रहेका उनले ब्राजिलमा बोल्दै आप्रवासी अभिभावकहरूले अमेरिकाको दक्षिण सीमामा लागुऔषध तस्कर र मानव बेचबिखनमा संलग्न व्यक्तिहरूको हातमा आफ्ना बालबच्चा सुम्पिरहेको टिप्पणी गरे।

 

Add your comment

Your name:
Subject:
Comment: