HongKongNepali.com, The Next Media

Monday
Jul 16th
Home नेपाल तथा विश्व समाचार प्रदेश ४ को नाम गण्डकी

प्रदेश ४ को नाम गण्डकी

E-mail Print PDF
AddThis Social Bookmark Button

६ जुलाई २०१८, प्रदेश ४ को नाम गण्डकी राखिएको छ ।

आज  दिउँसो प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको छ ।

 

प्रस्तावको पक्षमा ५४ मत परेको छ । विपक्षीमा दुई मत खसेको छ । नयाँ शक्ति पार्टीका सांसदहरुले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावको विपक्षमा मत दिएका थिए ।सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् भने जनमोर्चाका सांसद टेकबहादुर घर्ती अनुपस्थित रहे ।प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान-मगरात लगायतको विकल्प दिएको थियो ।सत्तारुढ दल नेकपामा गण्डकी कि तमुवान-मगरात भन्ने बहस थियो । तर, बुधबार संसदीय दलले प्रदेशको नाम गण्डकी राख्ने प्रस्तावमा सहमति जुटाएको थियो ।

 

Add your comment

Your name:
Subject:
Comment: