Home नेपाल तथा विश्व समाचार क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा

क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा

E-mail Print PDF
AddThis Social Bookmark Button

१२ जुलाई २०१८, मस्कोमा सम्पन्न सेमिफाइनल अन्तर्गत थप गरिएको समय इङ्ग्ल्यान्डलाई हराएपछि क्रोएशिया पहिलोपटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ।

 

खेलको पाँचौ मिनेटमा गोल गरेको इङ्ग्ल्यान्डले १ घण्टा भन्दा लामो समयसम्म अग्रता लिएको थियो।त्यसपछि खेललाई बराबरीमा पुर्‍याएको क्रोएशियाले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा गोल गर्दै १ का विरुद्ध २ गोलले इङ्ग्ल्यान्डलाई हराएको हो।अब क्रोएशियाले आइतवार हुने फाइनलमा फ्रान्सको सामना गर्नेछ।

क्रोएशियाका प्रशंसकहरूले आफ्नो देश विश्वकपको फाइनलमा प्रवेश गरेसँगै ठूला सहरहरूका गल्ली र चोकहरूमा झण्डा फहराएर खुशीयाली मनाएका छन्।इङ्ग्ल्यान्डले अब तेस्रो वा चौथो स्थानका लागि शनिवार बेल्जियमसँग खेल्नेछ।इङ्ग्ल्यान्ड यो समेत गरी सेमिफाइनलमा पुगेर चौथोपटक हारेको हो।

पाँचौपटकसम्म विश्वकप खेलेको क्रोएशियाले भने पहिलोपटक आफूलाई विश्वकपको अन्तिम दुईमा पुर्याएको हो।यसअघि क्रोएशिया सन् १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग नै पराजित भएको थियो।

उक्त विश्वकपको उपाधि फ्रान्सले जितेको थियो र त्यसबेला नेदरलेण्डसलाई हराउँदै क्रोएशिया तेश्रो बनेको थियो।२० वर्षपछि सन् १९९८ मा बेहोरेको हारको फ्रान्ससँग बदला लिने अवसर क्रोएशियाले पाएको छ।

 

 

 

Latest News