Home नेपाल तथा विश्व समाचार अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावमा रुसले हस्तक्षेप गरेको स्वीकारे

अमेरिकी राष्ट्रपति ट्रम्पले चुनावमा रुसले हस्तक्षेप गरेको स्वीकारे

E-mail Print PDF
AddThis Social Bookmark Button

१८ जुलाई २०१८,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन्।

एक दिनअघि त्यो मान्न उनी तयार थिएनन्।आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए।फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो।यहाँसम्म कि ट्रम्पकै केही साझेदारहरूले आफ्नो अडानबारे स्पष्ट पार्न उनलाई आग्रह गरे।

 

पछिल्लो अभिव्यक्तिमा चाहिँ ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो ुपूर्ण विश्वास र समर्थनु रहेको बताएका छन्।पुटिनसँगको भेटवार्तापछि आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले एउटा प्रश्नको जवाफ दिएपछि विवाद शुरू भएको थियो।

राष्ट्रपति पुटिनले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ।

रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरूको निष्कर्षलाई म स्वीकार गर्दछु। अरु मानिस पनि हुनसक्छन्। त्यहाँभन्दा बाहिरका थुप्रै मानिस पनि हुनसक्छन्।

भेटवार्तापछि पुटिनले अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ ुपूर्णतः हास्यास्पदु भएको बताएका थिए।

अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले अमेरिका(रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे।हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका थिए।

 

Latest News