HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार पाकिस्तानमा मतगणना शुरु

पाकिस्तानमा मतगणना शुरु

E-mail Print PDF
AddThis Social Bookmark Button

२५ जुलाई २०१८,पाकिस्तानमा  सम्पन्न आमनिर्वाचनको मतगणना शुरु भएको छ ।

प्रारम्भिक रुझानमा पूर्वक्रिकेटर इमरान खानले नेतृत्व गरेको पीटीआईले अग्रता लिएको छ ।पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएअनुसार ४७ प्रतिशत मतगणना हुँदा खान नेतृत्वको पाकिस्तान तेहरिक–ए–इन्साफले ११३ स्थानमा अग्रता बनाएको छ ।

 

पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एन कमजोर देखिएको छ । प्रारम्भिक परिणाममा ६४ सिटमा मात्रै उसका उम्मेदवार अगाडि छन् ।न्यूजका अनुसार पीपीएले ४३, एमक्यूएमले ५ र एमएमएले ९ स्थानमा अग्रता लिएको छ ।

औपचारिक नतिजा सार्वजनिक हुनुअघि नै पीटीआईका समर्थकहरूले खुसियाली मनाउन थालेको  छन् ।पीटीआईको निकटतम प्रतिद्वन्द्वी ठानिएको पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पीएमएल–एनले चुनावको स्वच्छतामाथि प्रश्न उठाएको छ । चुनावमा धाँधली भएको उसको आरोप छ ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News