HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार डा. गोविन्द केसीका माग जायज “प्रचण्ड”

डा. गोविन्द केसीका माग जायज “प्रचण्ड”

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ जुलाई २०१८, चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन्।

नेकपा नेतृत्वको सरकारले डा. केसीका माग सम्बोधनमा बेवास्ता गरिरहेका बेला सोही दलका शीर्ष स्तरका नेताले माग जायज भएको प्रतिक्रिया दिएका हुन्।

चिकित्सा शिक्षासम्बन्धी केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनअनुसार पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश निष्क्रिय पारेर नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले नयाँ विधेयक ल्याएपछि डा। केसी २० दिनदेखि अनशनमा छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य प्रतिष्ठानमा अनशनमा बसेका केसीलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले डा. केसीका माग जायज भएको बताएका हुन्। ‘डा. केसीले उठाएका माग जायज छन् तर यी विषय वैज्ञानिक ढंगले समाधान गर्नुपर्छ।

नेकपाका प्रभावशाली नेता तथा सचिवालय सदस्य वामदेव गौतमले पनि डा। केसीले उठाएका माग जायज भएको बताएका छन् । गौतमले डा. केसीका मागलाई राष्ट्रियस्तरबाट हेर्नुपर्ने बताए। ‘यो कहाँ–कहाँ मेडिकल कलेज खोल्ने भन्ने विषय नै होइन । पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रुपमा सरकारीकरण गर्ने लक्ष्य राखेका छौं । शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा निजीकरणलाई पूर्ण रुपमा अन्त्य हुने । अब खोल्ने मेडिकल कलेज सरकारले मात्र खोल्न सक्ने बताए। कतिपय ठाउँमा विदेशी विद्यार्थीसमेत अध्ययनका लागि आउने भएकाले सरकारले खासखास ठाउँमा मेडिकल कलेज सञ्चालनको अनुमति दिने गौतमको भनाइ थियो।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News