Home नेपाल तथा विश्व समाचार निगमको दोस्रो वाइड बडी एयरबस ए३३० काठमाडौंमा अवतरण

निगमको दोस्रो वाइड बडी एयरबस ए३३० काठमाडौंमा अवतरण

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ जुलाई २०१८,नेपाल वायु सेवा निगमको दोस्रो  वाइड बडी एयरबस ए३३० जहाज  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

 

उक्त एयरबसलाई ुमकालुु नाम दिइएको छ ।यो जहाज फ्रान्सबाट सिधा नौं घन्टा उडान गरी काठमाडौं आएको हो। निगमको यो जहाजलाई नेपाल नागरिक उड्यान प्राधिकरणले ु९ एन–एएलजेडु कलसाइन दिइएको छ। निगमले यो जहाजको नाम संसारको पाचौं अग्लो हिमाल मकालुबाट राखेको छ । जहाज १२ अर्ब रुपैयाँमा खरिद गरिएको हो।

निगमले यसअघि गत असार १४ गते पहिलो वाइड बडी जहाज नेपाल भित्र्याइसकेको छ। यो जहाजमा २७४ सिट क्षमता रहेको छ।

दोस्रो जहाज अवतरण गर्दा विमानस्थलमा निगम, पर्यटन मन्त्रालय ,प्राधिकरण, विमानस्थल व्यवस्थापन लगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। विदेशी पाइलटले उडान भरेर ल्याएको जहाजलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो।

निगमले दुई विमान हाइफ्लाई एक्स, जर्मन एभिएसन क्यापिटल र अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग मिलेर खरिद सम्झौता गरेको हो । निगमको पहिलो वाइड बडी विमान ुअन्नपूर्णु असार १४ गते काठमाडौं आइसकेको छ ।

 

Latest News