२६ जुलाई २०१८, चीनको राजधानी बेइजिङस्थित संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ।
अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए।विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो देखिएको थियो।
चिनियाँ समय अनुसार दिउँसो डेढ बजेतिर स्थानीयबासिन्दाले चट्याङ परेको जस्तो आवाजु सुनेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।घटनापछि अरू सामान्य दिन जस्तै दूतावासको गतिविधि देखिएको छ र मानिसहरू भिसा लिन दूतावासबाहिर लाइनमा बसेको देखिन्छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार त्यो घटनासँग असम्बन्धित एउटा घटनामा अमेरिकी दूतावासबाहिर एक महिलाले आफ्नो शरीरमाथि पेट्रोल छर्केर आगो लगाएकी छन्।प्रहरीले उनलाई पक्राउ गरेको छ।