Home नेपाल तथा विश्व समाचार डा. केसी र सरकारबीच सहमति

डा. केसी र सरकारबीच सहमति

E-mail Print PDF
AddThis Social Bookmark Button

२६ जुलाई २०१८,अनसनरत डा। गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ ।

सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

 

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा। गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए ।सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।

 

Latest News