३१ जुलाई २०१८, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देश भर प्रदर्शन गर्ने भएको छ।
सरकार अधिनायकताको बाटोमा अग्रसर भएको बताउँदै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
सरकार लोकतान्त्रिक मूल्य मान्यता विपरित हिंडेकाले त्यसको रक्षा गर्न कांग्रेस आन्दोलित हुनु परेको बताए।संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिवद्धताका आधारमा चलाउने प्रवृत्ति सरकारमा बढेकाले आन्दोलित हुनुपरेको कांग्रेसले जनाएको छ।
देशैभर विभिन्न जिल्ला सभापतिहरुले आन्दोलनलाई शसक्त बनाउने जनाएका छन्।