HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशी अस्वीकृत

प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशी अस्वीकृत

E-mail Print PDF
AddThis Social Bookmark Button

३ अगष्त २०१८, संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित दीपकराज जोशीलाई अस्वीकार गरेको छ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले जोशीको नाम अस्वीकार गरेको हो। आज पहिलो पटक बसेको बैठक मतदानका लागि भन्दै १५ मिनेट स्थगित गरिएको थियो।

 

प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गरेपछि दुई तिहाई बहुमतका आधारमा जोशीको नाम अस्वीकृत भएको छ । प्रधानन्यायाधीशका लागि सिफारिश भएका जोशीको अघिल्लो बिहीबार संसदीय सुनुवाइ भएको थियो।

अघिल्लो बिहीबार सकिएको सुनुवाइपछि भोलिपल्ट शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो। बैठक बुधबार पनि बस्यो। तर निष्कर्ष निस्किएन। अन्ततः आजको बैठकले एक हप्तायताको अन्योललाई निष्कर्ष प्रदान गरेको हो।

समितिमा रहेका कांग्रेसका चार सांसदले भने बहिस्कार गर्नुको लिखित कारण राखेका छन् ।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News