Home नेपाल तथा विश्व समाचार प्रदेश नम्बर २ का सामाजिक विकास राज्य मन्त्री शर्माले महोत्तरी अदालतमा आत्मसमर्पण गरे

प्रदेश नम्बर २ का सामाजिक विकास राज्य मन्त्री शर्माले महोत्तरी अदालतमा आत्मसमर्पण गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

१३ अगष्त २०१८, प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।

 

२०७२ भदौ २५ गते शसस्त्र सिमा सुरक्षाबल जलसागरमा कार्यरत असइ थमन विकको मधेश आन्दोलनको क्रममा आन्दोलनकारीहरुबाट हत्या गरिएको थियो। सोही मुद्दाका फरार अभियुक्त शर्माले आज आत्मसमर्पण गरेका हुन्। उनले आफ्ना कानुन व्यावसायी रमेश कुमार पाण्डे मार्फत निवेदन दिँदै आत्मसर्मण गरेका हुन्।

अदालतबाट उपस्थितिका लागि जारी भएको परमादेशको सम्मान गर्दै आफु अदालत समक्ष उपस्थित भएको बताएका छन्।

हत्या आरोपमा ‘फरार’ रहेका प्रदेश २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालतमा उपस्थित भएका छन् ।

सशस्त्र प्रहरीका असई थमन विश्वकर्माको हत्यामा फरार रहेका राज्यमन्त्री शर्मा सुरक्षाकर्मीसहित अदालतमा उपस्थित भएका थिए । उनको १ नं। इजलासमा बयान लिने काम भइरहेको छ । राजपाका नेतासमेत रहेका शर्माको मुद्दामा सोमबार नै बहस हुने रजिष्ट्रार रामान्नदप्रसाद अधिकारीले जानकारी दिए ।

उच्च अदालत जनकपुरले अभियुक्तहरुलाई पक्राउ गरी अदालतमा हाजिर गराउन महोत्तरी प्रहरीलाई दिएको आदेश पछि राज्यमन्त्री शर्मा आफै उपस्थित भएका हुन् ।

राज्यमन्त्री शर्माका तर्फबाट वकालतनामा पेश गरेका अधिवक्ता रमेशकुमार पाण्डेयले महोत्तरी जिल्ला अदालतले तत्कालिन समयमा अभियोग पत्र साथ ल्याउदाको अवस्थामा महोत्तरी जिल्ला अदालतले वारेन्ट पत्र जारी गरेको तर वारेन्टसहित म्यादी पुर्जी राज्यमन्त्रीको घरमा टाँस नभएकोले शर्मालाई हाल साधारण तारेखमा छाड्नुपर्ने बताए ।

मधेस आन्दोलनको क्रममा २०७२ भदै २५ गते आन्दोलनकारीको कुटपिटबाट घाइते असई थमन बिश्वकर्माको एम्बुलेन्सबाट उपचारको लागि लैजाने क्रममा बाटोमा थुतेर कुटपिटबाट हत्या गरिएको थियो । सोही मुद्दाका फरार अभियुक्त राज्यमन्त्री शर्माले सोमबार आत्मसमर्पण गरेका हुन् ।

अहिले महोत्तरी जिल्ला अदालतमा राज्यमन्त्री शर्माको बयान लिने कार्य भैरहेको रजिस्ट्रार रामानन्द अधिकारीले जानकारी दिए । उच्च अदालत जनकपुरले जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको नाममा अभियुक्त शर्मा सहित संलग्नहरुलाई पक्राउ गर्न भन्दै केही दिन अघि परमादेश जारी भएको थियो ।

यता अभियुक्त शर्मासंगै थप २८ जनामाथि सो अभियोग लागेकोमा तीन जनालाई प्रहरीले पहिले नै समातेको र सो मध्ये मोहन ठाकुर हाल तारेखमा छन् भने दुईजना पुर्पक्षको लागि थुनामा छन् ।

सोही मुद्दामा फरार भनिएका अर्का अभियुक्त जलेश्वर नगरपालिका नगरप्रमुख रामशंकर मिश्र लगायतका अन्य अभियुक्तहरु समेत एक एक गरेर उपस्थित हुने अधिवक्ता पाण्डेयले बताए ।

 

Latest News