Home नेपाल तथा विश्व समाचार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा सुशील ज्ञवाली

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुखमा सुशील ज्ञवाली

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अगष्त २०१८, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीेले आजबाट पदभार ग्रहण गरेका छन्।

 

सिहदरवारस्थित प्राधिकरण कार्यालय पुगेर उनले पदधार ग्रहण गरेका हुन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको थियो। यस अगि उनी २०७२ पुसदेखि करिब १ वर्ष सोहि पदमा कार्यरत थिए। गत असार २० गते मन्त्रीपरिषद् बैठकले तत्कालीन कार्यकारी अधिकृत युवराज भुसाललाई वर्खास्त गरेपछि सो पद रिक्त रहँदै आएको थियो ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले अयोग्य भनेर पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीलाई बर्खास्त गरेको थियो।प्राधिकरण गठन भएको तीन वर्षमा सीईओ परिवर्तन भएको यो पाँचौं पटक हो । प्राधिकरणले पुनर्निर्माण कार्य भने बल्ल एक तिहाइ मात्र सकेको छ । ८ लाख भूकम्पपीडितमध्ये हालसम्म २ लाख ६८ हजारको मात्रै घर पुनर्निर्माण भएको छ ।