Home नेपाल तथा विश्व समाचार भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ अगष्त २०१८, भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ।

 

उनको दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भइरहेको थियो। स्वास्थ्यस्थिति बिग्रिएपछि उनलाई जीवनरक्षा प्रणालीमा राखिएको थियो।मधुमेहका बिरामी वाजपेयी गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना भएका थिए।उनमा मिर्गौलाको सङ्क्रमण लगायत विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।भारतीय जनता पार्टीमा स्थापना कालदेखि नै संलग्न वाजपेयी विभिन्न समयमा तीन पटक गरी छ वर्ष भारतको कार्यकारी प्रमुख बनेका थिए।

वाजपेयीको स्वास्थ्य अवस्था निरन्तर खस्किएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा विपक्षी दलका नेता राहुल गान्धी उनलाई भेट्न अस्पताल गएका थिए।

सन् १९९६ को मे २८ को दिनलाई अझै पनि धेरैले भुलेका छैनन् होला । जब लोकसभामा सबै सदस्यको बीचमा भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीले भनेका थिए, ‘सरकारहरु आउँछन्जान्छन्, पार्टीहरु बन्छन्बि-ग्रन्छन् तर, देशको लोकतन्त्र सँधै जिँउदो हुनुपर्छ । भारतमा लोकतन्त्र अमर हुनुपर्छ ।

अटलको सरकार जम्मा १३ दिन चलेको थियो । त्यतिखेर विपक्षीले उनको मजाक उडाए तर, त्यसपछि उनको क्षमता र इमान्दारितामा विपक्षीले पनि कहिल्यै प्रश्न उठाउन सकेनन् ।राजनीतिको मैदानमा उनी नाम मात्रैको होइन, कामको कारण पनि ‘अटल’ नै रहे । यसैकारण करिब ६ दशकको राजनीतिक जीवनमा उनको छवि सँधै निष्कलंक रहृयो ।अटल बिहारी वाजपेयी राजनीतिक इमान्दारिता, सदाचार, वाकपटुता र मानिसको मनमा स्थान बनाउने कलाको एक अनौठो उदाहरण हुन् ।

अटलले भारतको विकासमा नयाँ बाटो देखाए । भारतमा जाति, धर्म र क्षेत्रको राजनीति चरम रुपमा हुने समयमा उनले त्यतिखेर आफ्नो एजेण्डामा विकासको राजनीतिलाई समावेश गरेर एक नयाँ युगको आरम्भ गरेका थिए ।

१९९० को दशकको अन्तिम वर्ष र नयाँ शताब्दीको सुरुवाती वर्षहरुमा देशको नेतृत्व गरेका अटलले विकास र सुशासनलाई राजनीतिक एजेण्डा मात्रै बनाएनन् । यस्तो मानक स्थापित गरे, जसले उनी पछिका हरेक राजनेतालाई त्यसैअनुसार चल्न बाध्य बनायो ।

मानिसहरु आज अटलकै कारण अनुशासन र विकासलाई मुख्य मुद्दा मानेर भोट हालिरहेका छन् ।भारतको बढ्दो शक्तिलाई देख्दै पहिले अमेरिकी राष्ट्रपति क्लिन्टन र अन्य देशका राष्ट्राध्यक्ष भारत भ्रमणमा आए र विभिन्न सम्झौताहरुमा हस्ताक्षर गरे ।

अटलको कार्यकालमा गरिएका आर्थिक सुधारहरुले देशको आर्थिक स्थिति मजबुत भयो । धेरै ठूलो संख्यामा रोजगारी सिर्जना भयो । आर्थिक वृद्धिदर बढेर ६(७ प्रतिशत भयो, जसको लाभ तलैसम्म देखियो । भारतमा विदेशी लगानी बढ्यो र आधारभुत सुविधाहरु बढ्यो ।भारत आर्इटीमा एक शक्तिराष्ट्रको रुपमा उदायो ।

अटलले एकपटक भनेका थिए, ‘साथी परिवर्तन गर्न सकिन्छ तर छिमेकी परिवर्तन गर्न सकिँदैन । यसै नीतिलाई पालना गर्दै उनले पाकिस्तानसँग मित्रताको हात अगाडि बढाए ।भारत पाकिस्तानको बीचमा बस सेवा सुरु गरे । उनी पहिलो बस लिएर आफैँ लाहोर गए ।

सन् २००५ मा अटलले राजनीतिक जीवनसँग सन्यास लिए । सन् २०१४ मा भारत सरकारले उनलाई सर्वोच्च सम्मान ‘भारत रत्न’ दिने निर्णय गर्‍यो । राष्ट्रपति प्रणव मुखर्जी आफैँ उनको घर पुगेर ‘भारत रत्न’ दिएका थिए ।

एक राजनेता, सांसद, स्पष्टवक्ता, लेखक, विचारक, पत्रकार हुनुका अटलले देशको नेतृत्व गर्न पाएको अवसरमा विकास र सुशासनको एक नयाँ दस्तावेज लेखे । जसले आजपनि सामाजिक र राजनीतिक क्षेत्रमा काम गर्ने लाखौंको लागि प्रेरणाको काम गरिरहेको छ ।

 

Latest News