Home नेपाल तथा विश्व समाचार मगर संघ हडङकङले २१ औं बार्षिक उत्सव सम्पन्न गर्यो

मगर संघ हडङकङले २१ औं बार्षिक उत्सव सम्पन्न गर्यो

E-mail Print PDF
AddThis Social Bookmark Button

१९ अगष्त २०१८, मगर संघ हडङकङले २१ औं बार्षिक उत्सव विविध कार्यक्रम सहित जोर्डन स्थित इण्डिया क्लवमा सु सम्पन्न गर्यो ।

बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर विधार्थी संघका पूर्व अध्यक्ष भोज बिक्रम बुढा मगर रहेका थिए । प्रमुख अतिथिले पानसमा दीप प्रज्जवलन गरेर कार्यक्रमाको उदघाटन गरेका थिए ।

 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अन्य महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्थापना दिवसका उपलक्ष्यमा मगर संघ हडङकङको सफलताको शुभकामना दिएका थिए ।

नेपालमा मगर जातिहरुको राजनीतिक र सामाजिक विगत र वर्तमान अवस्थाका सम्बन्धमा प्रमुख अतिथिले तथ्य सहित उपस्थित महानुभावहरुलाई प्रकाश पारेका थिए । प्रमुख अतिथिले मगर जातिको राजनीतिक पहिचान बिषयमा विद्ययावारदी गर्दैछन ।

मगर संघ हडङकङको उक्त कार्यक्रमको संञ्चालन संघका महासचिव निलम थापा मगरले गरेका थिए । कार्यक्रममा उपस्थित महानुभावहरुको स्वागत संघका वरिष्ठ उपाध्यक्ष थल श्रीसले गरेका थिए । बार्षिक उत्सव कार्यक्रमका सभापतित्व संघका अध्यक्ष युगमाया राना मगरले गरेका थिए ।