Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्री ओलीले स्थानीय तहहरूको बचाउ गरे

प्रधानमन्त्री ओलीले स्थानीय तहहरूको बचाउ गरे

E-mail Print PDF
AddThis Social Bookmark Button

२१ अगष्त २०१८, स्थानीय तहले जथाभावी कर लगाएको चर्चाका माझ प्रधानमन्त्री केपी ओलीले त्यसबारे प्रतिक्रिया दिँदै स्थानीय तहहरूको बचाउ गरेका छन्।

 

प्रधानमन्त्री केपी ओलीले कतै कतै कमजोरी भएका भए पनि संविधान बमोजिम उठाइएका करबारे अधिकांश चर्चा बढाइचढाइ गरिएको बताए।केही समय अघि सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीकै अर्का नेता प्रचण्डले धेरै ठाउँमा कर उठाउँदा त्यसले संघीय व्यवस्था धरापमा पर्न सक्ने चिन्ता व्यक्त गरेका थिए।

एक टेलिभिजन अन्तर्वार्तामा संघीय व्यवस्था महङ्गो पद्धति भएको र त्यसमा यदि सेवा भन्दा सञ्चालनमा ज्यादा केन्द्रीत हुनपर्ने अवस्था आए त्यसमा प्रश्न उठ्न सक्ने बताएका प्रधानमन्त्री ओलीले मङ्गलवार बिराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै संघीयता देशले छानेर ल्याएको व्यवस्था भन्दै थप टिप्पणी गरेनन्।

करसँग जोडेर यो व्यवस्थाबारे आलोचना भएको प्रति उनको भनाइ थियो, ूसंघीय व्यवस्था हामीले छानेर ल्याएका छौँ। कहिँकहिँ कमजोरी भए होलान्, नउठाउनु पर्ने कर उठाइए होलान्। तर त्यो देशभरी एकदम उत्पात मच्चिएको व्यवस्था त होइन नि।संविधानले दिएकै अधिकार अधिकांश स्थानीय तहले प्रयोग गरेको भन्दै उनले तिनको प्रस्ट बचाउ पनि गरे।

संविधानमा नै तीन तहको सरकारले के काम गर्ने भन्ने छ। स्थानीय तहलाई पनि कर लगाउने अधिकार छ। त्यसको प्रयोग गरेको होला। साइकलमा कर भनेर चर्चा भएको छ। पसल खोलेर कारोबार गर्दा त्यसमा लगाइयो होला। मूलतस् नयाँ व्यवस्थामा परिपक्वता आउन समय लाग्न सक्ने प्रधानमन्त्री ओलीको आशय रह्यो।

 

Latest News